
लन्डन । किरांत राई सांस्कृतिक कलाकार संघले पहिलोपटक सुम्निमा सांझ सम्पन्न गरेको छ । ९ जुन शनिबार सेन्ट साइमोन स्टोक क्याथोलिक चर्च, आसफोर्ड केन्टमा कार्यक्रम भएको हो । संघले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो वर्षबाट सुम्निमा सांझ नाममा सांस्कृतिक कार्यक्रम गरेको हो जसलाई प्रत्येक वर्ष निरन्तरता दिइने योजना रहेको अध्यक्ष हेम कुमार राईले बताए ।
कार्यक्रमको पहिलो चरण वरिष्ठ संगीतकार स्वर्गीय दिव्या खालिङको स्मरणमा समर्पित थियो भने दोश्रो चरणमा विभिन्न स्थानीय कलाकारद्वारा गीत नृत्य प्रस्तुत गरियो ।
महासचिव डा. महा राईले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा स्थानीय कलाकारहरु गंगाराज राई, बिसी राई, सुषमा राई र एभरेष्ट आइडल विजेता सोनाहाङ राईले दिव्या खालिङद्वारा संगीतवद्ध ‘तिमी जुन रहरले म मा फुल्न आयौ’, ‘म त लाली गुरांस भएछु’, ‘विपना नभई बाची दिने’, ‘प्रियसीका यादहरु…’ जस्ता कालजयी गीत गाएर स्वर्गीय खालिङप्रति श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रममा वाद्यवादनमा स्थानीय ‘नाम्लो ब्याण्ड’ ले साथ दिएको थियो ।
दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न गीत नृत्यद्वारा दर्शकहरुलाई मनोरञ्जन गराए ।
रोजिना राईद्वारा सञ्चालित यस कार्यक्रममा स्थानीय कलाकारहरु अनिला राई, अनिता राई, कल्पना राई, कृष्ण राई, लिला गोमदेन राई, सुष्मा राई, सलोनी राई, पूर्णिमा राई, विकास राई र कमल राईले दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । करिष्मा राई र यात्रीमा राईको नृत्य
प्रतुतिले सुम्निमा सांझ झन् मनोरन्जात्मक बनाएको थियो ।
कार्यक्रमको अन्तमा चर्चित गायिका सत्यकला राईले आफ्नो प्रस्तुति द्वारा उपस्थित दर्शकलाई नचाइन् ।
किरांत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजिवीहरु लगायत सयौं सहभागी थिए । ‘सुम्निमा सांझ’ को संयोजक सुमन चन्द्र राई थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे