लन्डन । श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आएका जनप्रतिनिधिहरुलाई बेलायतको फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा स्वागत तथा सम्मान गरेको छ । गत १० जुन २०१८, आइतबार एक कार्यक्रम गरि सम्मान गरिएको हो ।
समाजका अध्यक्ष मेजर समुन्द्र गरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय गणतन्त्र नेपालका प्रतिनिधिसभा सदस्य माननीय लालकाजी गुरुङ, कुस्मा नगरपालिकाका मेयर राम चन्द्र जोशी तथा उनकी धर्मपत्नि गंगा गुरुङ जोशी र जलजला गाउंपालिकाका अध्यक्ष याम बहादुर मल्ललाई समाजका जेष्ठ नगरिक अकला देवी गुरुङ, राजकुमारी गुरुङ, दिल कुमारी गुरुङ, समाजका अध्यक्ष मेजर समुन्द्र गरुङ, संस्थापक अध्यक्ष क्याप्टेन कृष्ण प्रसाद गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष कमल गुरुङ लगायत उपस्थित पदाधिकारी तथा सदस्यहरुले फेटा, खादा र पुष्पगुच्छ प्रदान गरि स्वागत तथा सम्मान गरे ।
समाजका उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रस्टयाउंदै स्वागत मन्तब्य राखेका थिए । समाजका अध्यक्ष मेजर समुन्द्र गरुङले गाउं र बेलायतमा रहेका आर्थर डांडाखर्कबासीका विद्यमान समस्या, आवश्यकता र गाउंको विकास निर्माणबारे संक्षिप्त चर्चा गर्दै धन्यबाद मन्तव्य राखे ।

उक्त अवसरमा अतिथीहरुले सम्मान पाएकामा खुशी व्यक्त गर्दै संस्थाप्रति आभार व्यक्त गरे । मन्तव्यका क्रममा सबै अतिथिहरुले नेपालको वर्तमान राजनैतिक अवस्था र समसामयिक विविध विषय, राज्य व्यवस्थाको नयां संरचना अनि संचालन प्रकिया र मुलतः कुस्मा नगरपालिकाको विकास निर्माणका बारेमा जानकारी दिए । उनीहरुले आफ्नो गाउं र नगरको विकास गरि समृद्ध बनाउने अभियानमा सहभागी बनि सहयोग गर्न श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज युकेका सबै सदस्यहरुलाई आग्रह गरेका थिए । साविकको आर्थर डांडाखर्क गाविस हालको स्थानीय तह पुनर्संरचनामा कुस्मा नगरपालिकाको १४ नम्बर वार्ड पर्दछ ।
अत्यन्तै सौहाद्र तथा पारिवारिक वातावरणमा औपचारिक कार्यक्रम समापनपछि सम्पूर्ण अतिथिगण तथा उपस्थित महानुभा वहरु दिवाभोजमा सरिक भएका थिए ।
कार्यक्रमको फोटोग्राफी समाजका पूर्व कोषाध्यक्ष शिवकुमार गुरुङले गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद