
लन्डन । बेलायतस्थित नेपाली समुदायले बेलायती महारानीको जन्मदिन (भिक्टोरिया डे) का अवसरमा एक रयाली निकालेका छन् । ग्रेटर रशमोर नेपाली कम्युनिटीले शनिबार भिक्टोरिया डे मनाउने सिलसिलामा अल्डरसटमा परेड निकालेको हो । रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा आयोजित परेडमा यो वर्ष ३ सय सहभागी भए । सडक किनारमा झण्डै ४ हजार भन्दा बढी नेपालीको सहभागिता रहयो ।
स्थानीय नेपाली संघसंस्थाको सहभागिता र सहकार्यमा कार्यक्रम सफल भएपछि विगतमा हरेक दुई वर्षमा मनाइने भिक्टोरिया डे अचेल वार्षिक रुपमा मनाउन थालिएको हो ।
कार्यक्रममा विभिन्न धर्म, जाती, संस्कार र संस्कृति झल्कने पहिरन सहित करिव तीनसय भन्दा बढी परेडमा सहभागी भएका थिए । स्थानीय र नेपाली समुदायबीचको दुरी कम गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रममा प्रथम नौमती बाजा युके, बिसीसी यूके, शिल कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लमजुङ्ग सेवा समाज, किरांत राई यायोख्खा युके, मगर संघ यूके, किरांत याक्थुङ्ग चुम्लुङ्ग युके, क्षेत्री समाज यूके, गेसो, मद्दत समूह, तमुधिं यूके, तमु पेलु संघ, गोर्खा आमा समूह लगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको कम्युनिटीका वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए ।
उक्त अवसरमा गोर्खा आमा समूहले तीन वटा सामूहिक नृत्य प्रस्तुत गरेको थियो भने प्रथम नौमती बाजा युकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्यायो ।
बिहान ११.०० देखि शुरु भई दिनभर चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात अध्यक्ष जीव बेल्बासेले सहभागी सबै संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, पेशाकर्मी लगायत कार्यसमिति एवं सल्लाहकारहरुलाई धन्यवाद दिए ।
उक्त कार्यक्रम सफल बनाउन कार्यसमिति, सल्लाहकारहरु, समस्त संघसंस्था, पत्रकारहरु, निवर्तमान अध्यक्ष ओम थापा, परेड संयोजक बीर बलाल र कोषाध्यक्ष टोप पल्लीको विशेष भूमिका थियो ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय