
लन्डन । बेलायतलाई कर्मथलो बनाएका नेपाली प्रोफेशनल अकाउन्टेन्टहरु संगठित हुने भएका छन् । उनीहरुले आगामी २४ जुनका दिन पहिलो वृहत भेला गरि ‘नेपलिज अकाउन्टेन्ट्स एसोसिएसन यूके’ गठन गर्न लागेका हुन् । लन्डन साउथ हयारोस्थित आरएएफ एसोसिएसन भवनमा भेला हुंदैछ ।
संगठित हुने अभियानको नेतृत्व गरिरहेका व्यवसायिक अकाउन्टेन्ट विज्ञान प्रसाईंका अनुसार विगत केही महिनादेखि विधानको मस्यौदा तयार गर्ने र बेलायतमा रहेका व्यवसायिक अकाउन्टेन्टहरुको तथ्यांक संकलन गर्ने कार्य भइसकेको छ ।
भेलाले विधान पारित गर्दै विधानद्वारा निर्देशित उद्देश्य पुरा गर्नका लागि पहिलो कार्यसमिति गठन गर्ने तयारी गरिएको प्रसाईंले जनाए ।
संस्था राजनीतिबाट टाढा रहेर व्यवसायिक हक हितका लागि कटिवद्ध रहने बताइएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे