
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेले ‘अनेसास सुप्रमा पुरस्कार २०१७’ का लागि बेलायतमा रहेर लेखिएका पुस्तक आव्हान गरेको छ ।
समाजले जुन २०१७ देखि मे २०१८ सम्म प्रकाशन भएका साहित्यका कुनै पनि विधाका पुस्तकहरु आव्हान गरेको हो ।
यस पुरस्कार बेलायती नेपाली डायस्पोराका आदिकवि इश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरको नाममा स्थापना गरिएको हो । स्टर्लिङ्ग पाउण्ड २५० राशी रहेको उक्त पुरस्कार यस अघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत र कृष्ण बजगाईंले पाइसकेका छन् ।
सल्लाहकार एवं पुरस्कार संयोजक रुपक श्रेष्ठले जुलाइमा आदिकवि भानुभक्त जयन्ती र बेलायती नेपाली डायस्पोराका आदिकवि स्वर्गीय इश्वर मानन्धरको जयन्तीका अवसरमा पुरस्कार प्रदान गरिने जानकारी दिए ।
सन् २००८ मा स्थापित अनेसास बेलायत च्याप्टरले यहां विभिन्न साहित्यिक गतिविधि गर्दै नेपाली साहित्यलाई प्रवासमा समेत विकास एवं प्रवर्धन गर्न प्रयत्न गरिरहेको छ ।
पुस्तक पठाउने ठेगाना-
7 Upper Town Road
Greenford
UB6 9JE
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न