लन्डन । केही वर्ष यता अस्वस्थ्य साहित्यकार हरिबिभोर कार्कीलाई अल्डरसटस्थित घरैमा गएर अवार्ड प्रदान गरिएको छ ।
नेपाली साहित्य विकास परिषद यूकेले गत सोमबार ‘एनएलडिसी स्वर्णपदक-दोश्रो’ प्रदान गरेको हो । उक्त अवार्ड पांच तोला चांदी र आधा तोला २४ क्यारेट सुनमा बनेको छ ।
विगत चार दशक भन्दा बढि समय देखि बेलायतमा रहि समाजसेवा साथै साहित्यकर्ममा संलग्न कार्कीलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुरयाएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको परिषदले जनाएको छ ।
अल्डरसटस्थित कार्कीको निवासमा पुगि परिषदका नव निर्वाचित अध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्लले कार्कीलाई पदक प्रदान गरे ।
सो अवसरमा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार कवि हरिसिंह थापा, उपाध्यक्ष वाचस्पति रेग्मी, महासचिव वीरेन्द्र कुंवर र श्रीमती मिरा कार्कीको उपस्थिति थियो ।
पुरस्कार सुशोभन गर्दै अध्यक्ष मल्लले कवि कार्कीको साहित्य सेवा र सृजनाको सरहाना गरे । उनले कार्कीलाई समस्त साहित्यकारहरुका तर्फबाट वधाई समेत दिए । अस्वस्थ भएका कारण कवि कार्की केही महिनाअघि लन्डनमा सम्पन्न सुशोभन समारोहमा उपस्थित हुन सकेका थिएनन् ।
कार्की नेपाली साहित्य विकास परिषदको स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध थिए । कार्कीका तीन कृति प्रकाशित छन् भने थुप्रै फुट्कर कविता र लेख विभिन्न पत्रिकामा प्रकाशित भएका छन् ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक