लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले ९ जुन २०१८ शनिबारको दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको जन्म दिन (भिक्टोरिया डे) मनाउने भएको छ ।
कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारीसहित सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेलबासेले बताए ।
उपाध्यक्ष नेम थापा संयोजक रहेको उक्त कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नरनारीहरुको नाच, विभिन्न धर्म, जाति एवं संस्कार सम्वद्ध संस्कृति झल्कने पहिरनसहित, करिब दुईसयभन्दा बढी परेडमा र करिब तीन हजारभन्दा बढी नेपाली समुदायको सहभागिता रहने बताइएको छ ।
गत वर्ष झैं यस वर्ष पनि कार्यक्रममा नेपाली संघसंस्थाको आ आफ्नो संस्कार झल्कने पोशाकसहित उल्लेख्य सहभागिता रहने वरिष्ठ उपाध्यक्ष राम धन राईले बताए ।
बिहान ११.०० देखि सुरु हुने भएपनि कार्यक्रमको परेड तयारीका लागि १० बजे नै प्रिन्सेस हल कार पार्कमा उपस्थित भई दिन परेड संयोजक बीर बलालले अनुरोध गरेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे