लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार देखि लागू हुने गरि क्यानाडा, युरोपियन युनियन तथा मेक्सिकोबाट अमेरिका निर्यात गर्ने स्टिल तथा आल्मुनियममा क्रमशः २५ र १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणाले विश्व व्यापार युद्ध शुरु हुने चिन्ता बढेको छ ।
राष्ट्रपति ट्रम्पको यस नीतिको उल्लेखित देशहरुमा चर्को आलोचना हुनुका साथै ‘जस्तालाई तस्तै’ भन्ने उखान अनुसार यी देशले पनि उस्तै प्रतिशोधको नीति अख्तियार गर्ने चेतावनी दिएका छन् । युरोपियन युनियनले अमेरिकाबाट युरोपभित्र आयात हुने विलासी तथा अन्य सामानहरुमा थप भन्सार शुल्क लगाउने तथा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा दर्ता गर्ने जनाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोनले अमेरिकाको यस नीति गैर कानुनी भएको प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले राष्ट्रपति ट्रम्पको यस नीतिले आफू निरासा भएको बताउंदै आगामी हप्ता हुने जी ७ बैठकमा यसबारे कुरा उठाउने बताएकी छिन् ।
राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावी घोषणामा अमेरिकाको अर्थतन्त्र तथा रोजगारीका लागि यस नीति अवलम्बन गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक भएको भन्दै आफू यस नीतिबाट पछि नहट्ने जिकिर ट्रम्पले गरेका छन् । जलवायू परिवर्तन सम्बन्धि पेरिसमा भएको अन्तर्राष्ट्रिय सन्धि तथा इरानको आणविक सम्झौताबाट अमेरिका अलग्गिने घोषणा यस भन्दा पहिले नै गरेपछि युरोप र अमेरिकाको दुरी बढीरहेको अवस्थामा यस व्यापार नीतिले सम्बन्ध थप चिसो हुने देखिएको छ ।
सन् २०१७ मा विश्वमा १ दशमलब ७ अर्ब मेट्रिक टन स्टिल उत्पादन भएको थियो, जसमा ४९ प्रतिशत चीन र १० प्रतिशत युरोपियन युनियनले गरेका थिए । २९ अर्ब डलर बराबरको कुल स्टिल आयात गर्ने अमेरिकाले १७ प्रतिशत क्यानाडाबाट आयात गरेको थियो ।
अमेरिकाको यस संरक्षण नीतिले विश्व व्यापार युद्ध, सामानहरुको मूल्य वृद्धि भइ व्यापार थप अस्थिरता र रोजगारी तथा विश्व अर्थतन्त्र अरु खल्बलिने संकेत भएको लन्डनस्थित अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्य बताउंछन् । संसारका तीन ठूला अर्थतन्त्र भएका अमेरिका, चीन तथा युरोपियन युनियनबीच हाल भइरहेको यस्तो तनावले दीर्घकालीन व्यापारमा असर पर्ने निश्चित छ ।
अमेरिकाको युरोपियन युनियनसंग व्यापार घाटा ३८ अर्ब डलर छ । अमेरिकाले ७८ अर्ब डलर इयूमा निर्यात गर्छ भने ११६ अर्ब डलर आयात गर्छ । हाल इयूले प्रस्तावित गरेको विभिन्न सामानमा १० प्रतिशत भन्दा धेरै भन्सार शुल्कको नीति अपनाए विश्व ब्यापार करिब ६ प्रतिशतले घट्ने आचार्यको विश्लेषण छ ।
अमेरिकाको चीनसंग सन् २०१७ मा व्यापार घाटा ३७५ अर्ब डलर रहेको तथ्यांक छ । यसलाई सम्बोधन गर्ने क्रममा अमेरिका र चीनसंगको सम्बन्धमा पनि उतारचढाव आइरहेको छ । बढ्दो व्यापार घाटा कम गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नीतिको वकालत गर्दै आएका छन् । उनले उत्तर अमेरिकी व्यापार सन्धिबाट पनि अमेरिका हटेको घोषणा केहि महिना अगाडि गरेका थिए ।
अमेरिकाको अतिरिक्त भन्सार शुल्कको विरोध बेलायतभित्र चर्किएको छ । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले अमेरिकी धम्कीको डटेर सामना गर्नुपर्ने जनाएको छ । बेलायतले करिब ३७ करोड पाउण्ड बराबरको स्टिल अमेरिकामा निकासी गर्छ ।
बेलायती व्यापारमन्त्री लियम फक्सले गत मार्चमा अमेरिका भ्रमणका बेला बेलायतमाथि अतिरिक्त भन्सार नलगाउन अनुरोध गरेका थिए । अमेरिका बेलायतबीच विशेष सम्बन्ध रहि आएकोमा राष्ट्रपति ट्रम्पको आगमनसंगै अमेरिकासंग बेलायतको राजनीतिक प्रभाव कम हुंदै गएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे