लन्डन । पूर्व मिस नेपाल तथा सेलिब्रेटी मोडल सुगारिका केसी गोर्खा कपमा आउने भएकी छन् । उनी गोर्खा कपको मुख्य स्पोन्सर ‘आइडिया फर नेपाल’ का तर्फबाट शनिबार लण्डन उत्रन लागेको गोर्खा कप आयोजक तमुधिं युके अध्यक्ष ज्ञाम गुरूङले जानकारी दिए ।
बेलुकी एयरपोर्टमा भब्य स्वागतको तयारी गरिएको पनि गुरुङले बताए । २७ मे आइतबार दशौं हजार दर्शकको सहभागितामा अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा हुने गोर्खा कपमा सुगारिकाको उपस्थितिले युवामाझ ठूलो हौसला मिल्ने आशा आयोजकले लिएको छ ।
उता, गोर्खा कप २०१८ को मुख्य प्रायोजक आइडिया फर नेपालका सिइयो सिरोमणि दवाडी र अन्तर्राष्ट्रिय चेयरमेन सुश्री चिङ्ग चिङ्ग चे शुक्रबार बेलुका लण्डन हिथ्रो उत्रिएका छन् ।
उनीहरुलाई तमुधिं युके अध्यक्ष ज्ञाम गुरूङ, सल्लाहकार भुपेन्द्र तमु लगायतले एयरपोर्टमा स्वागत गरे । २ जुनमा नेपाल फर्कनु अघिसम्म उनीहरुको बेलायत बसाइको ब्यवस्था सल्लाहकार भुपेन्द्र तमुले गर्ने जिम्मा लिएका छन् ।
तमुधिं युकेले गोर्खा कप समापनपछि २८ मेमा तमुधि भवनमा अतिथीहरुलाई लन्च र भेटघाट कार्यक्रम राखेको छ ।
गोर्खा कपका लागि विदेशबाट खेलाडी आउने क्रम पनि सुरु भइसकेको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा