लन्डन । पूर्व मिस नेपाल तथा सेलिब्रेटी मोडल सुगारिका केसी गोर्खा कपमा आउने भएकी छन् । उनी गोर्खा कपको मुख्य स्पोन्सर ‘आइडिया फर नेपाल’ का तर्फबाट शनिबार लण्डन उत्रन लागेको गोर्खा कप आयोजक तमुधिं युके अध्यक्ष ज्ञाम गुरूङले जानकारी दिए ।
बेलुकी एयरपोर्टमा भब्य स्वागतको तयारी गरिएको पनि गुरुङले बताए । २७ मे आइतबार दशौं हजार दर्शकको सहभागितामा अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा हुने गोर्खा कपमा सुगारिकाको उपस्थितिले युवामाझ ठूलो हौसला मिल्ने आशा आयोजकले लिएको छ ।
उता, गोर्खा कप २०१८ को मुख्य प्रायोजक आइडिया फर नेपालका सिइयो सिरोमणि दवाडी र अन्तर्राष्ट्रिय चेयरमेन सुश्री चिङ्ग चिङ्ग चे शुक्रबार बेलुका लण्डन हिथ्रो उत्रिएका छन् ।
उनीहरुलाई तमुधिं युके अध्यक्ष ज्ञाम गुरूङ, सल्लाहकार भुपेन्द्र तमु लगायतले एयरपोर्टमा स्वागत गरे । २ जुनमा नेपाल फर्कनु अघिसम्म उनीहरुको बेलायत बसाइको ब्यवस्था सल्लाहकार भुपेन्द्र तमुले गर्ने जिम्मा लिएका छन् ।
तमुधिं युकेले गोर्खा कप समापनपछि २८ मेमा तमुधि भवनमा अतिथीहरुलाई लन्च र भेटघाट कार्यक्रम राखेको छ ।
गोर्खा कपका लागि विदेशबाट खेलाडी आउने क्रम पनि सुरु भइसकेको छ ।
हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयो
नेपाली साहित्य विकास परिषद् यूकेले विभिन्न कार्यक्रमसहित मनायो ११६औं लक्ष्मीप्रसाद देवकोटा जयन्ती
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
अक्टुबर १७ मा बेलायतको रेडिङमा दसैं तथा तिहार विशेष कार्यक्रम आयोजना गरिने
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
बिनाआधार एनआरएनएको पूर्ण कमिटी एकतामा जाँदैन : उपाध्यक्ष विश्वास दीप तिगेला [अन्तर्वार्ता]
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध