काठमाडौं । जल तथा मौसम विज्ञान विभागले खुम्बु र त्यस आसपास क्षेत्रमा हिमपहिरोसहित अन्य प्राकृतिक विपत्तिको चेतावनी जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सबै सरोकारवालालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।
नाम्चे बजारको आसपास केन्द्रविन्दु बनाएर बिहीबार राति भूकम्प गएपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। बिहीबार राति ५.९ रेक्टर स्केलको भूकम्पपछि सुरक्षा निकाय, जिल्ला रेडक्रस र स्वास्थ्य निकायको बैठकले सतकर्ता जारी गरेको हो। भूकम्पले पुर्याएको जनधनको क्षति बारे कुनै जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ।
सगरमाथाको तल्लो तटका बासिन्दा भूकम्पका कारण अझै त्रसित रहेको कार्यालयले जनाएको छ। खुम्जुङ, सल्लेरी र जुबिनसहित खुम्बु क्षेत्रका बासिन्दाले भूकम्पपछि हिम पहिरोसहित अन्य प्राकृतिक विपत्ती आउन सक्ने त्रासमा रातभर जागराम बसेको बताएका छन्। भूकम्पको केन्द्रबिन्दु आसपास क्षेत्रमा हिम पहिरो सहित हिमनदी विष्फोटको खतरा हुने गर्दछ। विज्ञहरुले सोलुमा मात्रै नभएर बिहीबारको भूकम्पको कारण च्छो रोल्प हिमताल आपसापको क्षेत्रमा समेत सतर्क अवस्थामा बस्नु पर्ने बताएका छन्।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न