लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाले शाखाका नवनिर्वाचित महासचिव सञ्जयभक्त कंडेलमाथि हातपात गर्ने नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव खुशी लिम्बुको ‘जंगली पारा’ को निन्दा गरेको छ ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिम्बुले महासंघको चौथो अधिवेसन समाप्तिपछि सम्मेलनस्थलमै हातपात गरेको घट्नाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कुनै पनि विषयमा असहमति भए छलफल, सम्वाद, वार्ताबाट नै समाधान गर्न सकिने विकल्प हुंदाहुंदै राजनीतिक तथा सामाजिक जिम्मेवारीमा बसेको व्यक्ति शारीरिक आक्रमणमा नै उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल पत्रकार महासंघ युके यस घृणित कार्यको भत्सना गर्दछ र सम्बन्धित संघसंस्थासंग निजमाथि आवश्यक कारबाही गर्नका लागि माग गर्दछ’- विज्ञप्तिमा उल्लेख छ, ‘निजमाथि नेपाल पत्रकार महासंघ युके शाखाले अनुशासनको कारबाही अगाडि बढाएको समेत जानकारी गराउंदछ ।’
उनको अराजकताबारे नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाली जनसम्पर्क समिति, युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेलाई समेत वोधार्थ पठाइएको छ ।
शाखाको समेत सदस्यता लिएर महासचिवका दावेदार लिम्बुले आफू अनुकुल पद नभएको भन्दै घोषणासभामा होहल्ला गरि माइक खोसेका थिए । पछि अधिवेशन समापन लगत्तै उनले शाखाका नवनियुक्त महासचिव कंडेलमाथि हातपात गरेका थिए ।
नयां कार्यसमिति घोषणाका क्रममा नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति युवराज गुरुङ, प्रवेश केसी लगायतले समेत पत्रकारहरुलाई गाली गर्दै अभद्र क्रियाकलाप प्रदर्शन गरेका थिए ।
शाखाको विज्ञप्ति-
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार