लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाले शाखाका नवनिर्वाचित महासचिव सञ्जयभक्त कंडेलमाथि हातपात गर्ने नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव खुशी लिम्बुको ‘जंगली पारा’ को निन्दा गरेको छ ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिम्बुले महासंघको चौथो अधिवेसन समाप्तिपछि सम्मेलनस्थलमै हातपात गरेको घट्नाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कुनै पनि विषयमा असहमति भए छलफल, सम्वाद, वार्ताबाट नै समाधान गर्न सकिने विकल्प हुंदाहुंदै राजनीतिक तथा सामाजिक जिम्मेवारीमा बसेको व्यक्ति शारीरिक आक्रमणमा नै उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल पत्रकार महासंघ युके यस घृणित कार्यको भत्सना गर्दछ र सम्बन्धित संघसंस्थासंग निजमाथि आवश्यक कारबाही गर्नका लागि माग गर्दछ’- विज्ञप्तिमा उल्लेख छ, ‘निजमाथि नेपाल पत्रकार महासंघ युके शाखाले अनुशासनको कारबाही अगाडि बढाएको समेत जानकारी गराउंदछ ।’
उनको अराजकताबारे नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाली जनसम्पर्क समिति, युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेलाई समेत वोधार्थ पठाइएको छ ।
शाखाको समेत सदस्यता लिएर महासचिवका दावेदार लिम्बुले आफू अनुकुल पद नभएको भन्दै घोषणासभामा होहल्ला गरि माइक खोसेका थिए । पछि अधिवेशन समापन लगत्तै उनले शाखाका नवनियुक्त महासचिव कंडेलमाथि हातपात गरेका थिए ।
नयां कार्यसमिति घोषणाका क्रममा नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति युवराज गुरुङ, प्रवेश केसी लगायतले समेत पत्रकारहरुलाई गाली गर्दै अभद्र क्रियाकलाप प्रदर्शन गरेका थिए ।
शाखाको विज्ञप्ति-
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने