लन्डन । नेपालमा गत साता एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि प्रवासस्थित संगठनहरु पनि एकताको तयारीमा जुटेका छन् । बेलायतस्थित प्रवासी नेपाली मञ्चले एकताका लागि कार्यदल निर्माण गरेको छ ।
लन्डनमा हालै सम्पन्न बैठकले मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा गठन गरेको कार्यदलमा महासचिव विजय विक्रम लिङदेन र मञ्चका संगठन विभाग प्रमुख होम निरौला छन् । उक्त कार्यदलमा सदस्यहरु आवश्यकता अनुसार थप गरिने महासचिव लिङदेनले बताए । उनका अनुसार एकता प्रक्रिया अघि बढाउन पार्टी केन्द्रको निर्देशन पर्खिइएको छ । गत जेठ ३ गते दुई ठूला कम्युनिष्ट पार्टीबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेको थियो ।
यसैबीच, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष कुमार केसीका अनुसार रेडिङ इलाका कमिटीले केक काटेर पार्टी एकताको स्वागत गरेको छ । कमिटी अध्यक्ष प्रतिमा केसी, पूर्व अध्यक्षद्वय अर्जुन बस्नेत र कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर खुसी साटासाट गरेका हुन् ।
इलाका स्तरमा एकताका लागि छलफल अघि बढाउन रेडिङ कमिटीले अध्यक्ष केसीको संयोजकत्वमा डिल्ली घिमिरे, यादव श्रेष्ठ, भीमसेन खड्का र करण गुरुङ रहेको पांच सदस्यीय कमिटी समेत गठन गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]