लन्डन । मानिस परिस्थितिवश थातथलो छाडेर विदेशिए पनि साथमा आफ्नो कला, संस्कृति, भाषा, संस्कार र मौलिकतासंगै लिएर जान्छ । अनि मातृभूमिसंग निकट रहिरहन कुनै न कुनै माध्यम अपनाउंछ ।
इलाम समाज बेलायतले आफ्नो गृहजिल्लाको एउटा वृत्तचित्र निर्माण गरेर त्यसैलाई प्रमाणित गरेको छ । बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको एक्यवद्धताको प्रतिकका रुपमा गृह जिल्ला इलामको सम्झनालाई पुस्तौं पुस्ता जोगाइराख्न एवं इलामलाई विश्वव्यापी रुपमा अझै सशक्त ढंगले चिनाउने हेतुले समाजले ‘इलाम हाम्रो पहिचान’ नामक वृतचित्र निर्माण गरेको हो ।
उक्त वृत्तचित्र गत शनिवार, १९ मे २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ । विशेष अतिथी ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष जीव बेल्बासे, इलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी एवं वरिष्ठ सल्लाहकार कमल राईले ‘डकुमेन्ट्री’ सार्वजनिक गरेका हुन् । विमोचन पश्चात अतिथी तथा इलाम समाजका कार्यसमिति सदस्यहरुमाझ वृत्तचित्र प्रदर्शन गरियो ।
करिव दुई घण्टा लामो वृत्तचित्रमा समग्र इलामको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य तथा कला, संस्कार, संस्कृति, भाषा एवं मौलिक परम्पराहरुको अनुभूति गर्न सकिन्छ । वृत्तचित्रमा इलामको परिवेश उतार्न चारै ऋतु अनि हरेक महिनामा मनाइने चाडपर्व जस्ता महत्वपूर्ण कुरा समाविष्ट गरिएको छ । यसका लागि सन् २०१७ जनवरीबाट छायांकन शुरु गरि यसै वर्षको जनवरीमा सुटिङ कार्य समाप्त गरिएको थियो ।
वृत्तचित्रको निर्देशन, क्यामेरा र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन् भने वृत्तचित्रको निम्ति ‘इलाम हाम्रो पहिचान’ बोलको गीतमा शब्द संयोजन गीतकार मुकेश राईले गरेका छन् । संगीत र स्वर मन थुलुङ अनि सुनिता थेगिमको छ । भिडियो निर्माणका लागि समस्त बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका थिए ।
वृत्तचित्र हेरिसकेपछि दर्शकहरुले आफ्नै गाउं पुगेको अनुभूति दिलाएको प्रतिक्रिया दिए । कतिपयले परदेशमा रहेर पनि वृत्तचित्र मार्फत आफ्नो जिल्लालाई अझ जान्न बुझ्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा इलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरीले भिडियो इलामेहरुका लागि मात्र नभई सम्पूर्ण नेपालीहरुकै निम्ति गर्व महसुस गराउने दस्तावेजको रुपमा रहने विश्वास व्यक्त गरे । उनले वृत्तचित्र बनाउन सघाउने सबै इलामेप्रति आभार समेत व्यक्त गरेका थिए ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह