लन्डन । केही वर्षयता आप्रवासीहरुप्रति कठोर बन्दै आएको होम अफिस पछिल्लो समय उदार बनेको छ । होम अफिसको ‘यू टर्न’ निर्णयमा अब बैंक अकाउन्ट जांच प्रक्रिया स्थगित भएको छ । होम अफिसले गत जनवरीदेखि आप्रवासीका करिब ७० मिलियन बैंक खाता विवरण जांच गर्न शुरु गरेको थियो । इमिग्रेसन एक्ट २०१४ अनुसार गैर कानुनी आप्रवासी नियन्त्रणका लागि त्यस्तो नीति ल्याइएको थियो । नवनियुक्त गृहमन्त्री सजिद जाविदले होम अफिसले बैंकहरुलाई पत्र पठाएर जांच स्थगितबारे जानकारी दिएको बताएका छन् ।
विण्डरस काण्डपछि गृहमन्त्री एम्बर रडले पदबाट राजिनामा दिएसंगै जाविद नियुक्त भएका थिए । जाविदको आगमनपछि होम अफिसले एनएचएस तथ्यांक माग्न पनि स्थगन गरिसकेको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा