लण्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो शनिबार, मे २६ तारिखका दिन एउटा च्यारिटी कार्यक्रम गर्न लागेको छ ।
हरेक वर्ष च्यारिटी इभेन्ट गर्दै आएको एसोसियसनले यसवर्ष नेपालमा विश्व स्वास्थ्य कार्यक्रमको सुरक्षित मातृत्व अभियानको साथै सुँडेनी मिडवाइभ्जहरुको प्रशिक्षणमा सघाउन च्यारिटी डिनर गर्न लागेको नेप्लीज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा. सविन जोशीले बताए ।
डा. जोशीका अनुसार संकलित रकमको केही भाग कार्यक्रमका प्रमुख अतिथिले सिफारिश गरेको कल्याणकारी संस्थालाई र केही रकम सदस्यहरुले अघि बढाएका परियोजनाहरुलाई पनि प्रदान गरिने छ ।
सो कार्यक्रम मिल्टन किन्सस्थित कर्नर स्टोन इभेन्ट्समा हुन गैरहेको छ ।
यो च्यारिटी कार्यक्रम भएकाले इच्छुक सबैजनालाई सहभागी हुन एसोसियसनले आग्रह पनि गरेको छ ।
http://ndauk.org.uk/index.php/front/newsdetail/45 मा गएर थप जानकारी पाउन सकिनेछ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक