लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको नयां नेतृत्वका लागि आइतबार उम्मेदवारी दर्ता कार्यक्रम भएको छ । १९ मेमा अल्डरसटमा हुने निर्वाचनका लागि साताअघि मनोनयन गरिएको हो ।
लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स कार्यालयमा बिहान १० देखि दिउसो २ बजेसम्म भएको मनोनयन दर्तामा आवश्यक पद भन्दा बढिले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन नै हुने सम्भावना बढेको छ । तर, निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली बिहीबार सांझ ८ बजेमात्र प्रकाशित गर्ने जनाएको छ । उम्मेदवारीमाथि दावी विरोध र केही जटिलता आएपछि केन्द्रिय पदाधिकारीहरुको रोहबरमा बिहीबार समस्या सल्टाइने अपेक्षा छ ।
शाखाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष नरेश खपांगीमगर र उपाध्यक्ष ध्रुवराज अर्यालको उम्मेदवारी दर्ता भएको छ भने वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल र दिनेशकुमार परियार एवं उपाध्यक्षमा खेमराज रानाभाट र लिलामान शेरपुन्जाले उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिवमा एक पद चाहिनेमा सबैभन्दा बढि चार जनाले दर्ता गराए जसमा नरेन्द्र क्षेत्री (बस्नेत), सञ्जयभक्त कंडेल, विमला सेने र खुशी लिम्बु छन् । सचिवमा शिव भन्डारी र जगननाथ कार्कीले उम्मेदवारी दर्ता गराए । त्यसैगरि, कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ र सिद्धार्थविक्रम क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सह-कोषाध्यक्षमा रोशन राई ‘विनोद’ को मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भए ।
सदस्यहरुमा ८ पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् जसमा बोमबहादुर थापा, नरेश काङमाङ राई, सुरेन्द्र इङ्नाम, तिर्थबहादुर मल्ल, गणेश खड्का, मन्जु भन्डारी खरेल, विश्वासदीप लिम्बु (तिगेला), नरेन्द्रराज नेम्वाङ र जीवन सेन छन् ।
यसपटक शाखाको वैदेशिक नियमावली विपरित पदाधिकारीमा उम्मेदवारी दिने नयां सदस्यहरु पनि उल्लेख्य छन् ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक