लन्डन । बर्न्टओक नेपाली समाज तथा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बार्नेट बरोको काउन्सिलर पदमा विजयी लक्ष्य गुरुङको सम्मान गरेका छन् ।
शनिबार बिहान बर्न्टओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा आयोजित एक समारोहमा बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले खादा र पुष्पगुच्छा सहित लक्ष्य गुरुङ तथा श्रीमती गुरुङलाई सम्मान गरे । उनले गुरुङलाई आगामी दिनमा भूतपूर्व गोर्खा तथा नेपाली समुदायको हितमा काम गर्न शुभकामना पनि दिए ।
सो अवसरमा बोल्दै काउन्सिलर लक्ष्य गुरुङले आफू गएको १३ वर्षेदेखि बार्नेट काउन्सिलमा बसिरहेको र अहिले यहाँका सबै समुदायले नेपाली तथा गोर्खा समुदायकाबारे थाहा पाएको बताए ।
ब्रिटेनका गृहमन्त्री साजीद जाविद तथा लण्डनका मेयर सादिक खान पाकिस्तानी आप्रवासी परिवारबाट आएका दोश्रो पुस्ताका सफल राजनीतिज्ञहरु भएको बताउँदै आफूले पनि नेपाली दोश्रो पुस्तालाई अगाडि बढ्न सजिलो होस् भनेर काउन्सिलरको चुनाव लडेको जनाए ।
उनले भूतपूर्व गोर्खा सैनिक समुदाय तथा नेपाली भाषा कक्षा सन्चालनका लागि काउन्सिलको तर्फबाट सहयोग जुटाउन आफूले हर सम्भव पहल गर्ने पनि बताए ।
गुरुङ मे महिनाको शुरुमा ब्रिटेनमा भएको स्थानीय चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको तर्फबाट लण्डन बरो अफ बार्नेटमा काउन्सिलर पदमा विजयी भएका हुन् ।
सो अवसरमा हालै बार्नेट काउन्सिलद्वारा सिभिक अवार्ड प्रदान गरिएका बर्न्टओक नेपाली समाज युकेका निवर्तमान अध्यक्ष रमेश गुरुङ तथा श्रीमती गुरुङलाई पनि सम्मान गरिएको थियो । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले बेलायतमै जन्मेका तथा हाल बेलायतमा पढिरहेका नेपाली बालबालिकालाई नेपाली भाषा तथा संस्कृतिबारे जानकारी गराउन केन्द्रले हरेक शनिबार नेपाली कक्षा सन्चालन गरिरहेको बताए ।
उनले नेपाली भाषा बाहेक बालबालिकालाई योग, ध्यान तथा सांस्कृतिक गतिविधिमा संलग्न गराउने गरिएको जानकारी पनि दिए ।
सो अवसरमा समाजका सदस्यहरु, आमा समूहका सदस्यहरुले काउन्सिलर गुरुङ, श्रीमती गुरुङ, रमेश गुरुङ तथा श्रीमती रमेश गुरुङलाई खादा लगाईदिएर सम्मान गरेका थिए ।
तस्विर- शिव भण्डारी
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट