मस्को, रूस, २५ वैशाख – रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
संसदमा मेदभेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ ।
शक्तिशाली रूसी राष्ट्रपति पुटिनको समेत उपस्थिति रहेको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनुपूर्व आफूलाई मतदान गर्न सांसदसँग अनुरोध गर्दै मेदभेदेभले भन्नु भएको थियो, “म देश विकासको लागि जुनकुनै काम गर्न अग्रसर रहनेछु । पुनः एक पटक मलाई प्रधानमन्त्री निर्वाचित गर्नुहोस ।”
मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी