मस्को, रूस, २५ वैशाख – रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
संसदमा मेदभेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ ।
शक्तिशाली रूसी राष्ट्रपति पुटिनको समेत उपस्थिति रहेको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनुपूर्व आफूलाई मतदान गर्न सांसदसँग अनुरोध गर्दै मेदभेदेभले भन्नु भएको थियो, “म देश विकासको लागि जुनकुनै काम गर्न अग्रसर रहनेछु । पुनः एक पटक मलाई प्रधानमन्त्री निर्वाचित गर्नुहोस ।”
मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त