दालिअन, चीन, २५ वैशाख – चीनका राष्ट्रपति सी जिन पिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ ।
कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ ।
चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि सरसल्लाह गरेको बताइएको छ ।
यसैबीच चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भन्नुभयो, “चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढङ्गबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ ।”
‘करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास र प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवम् समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय शुरु भएको छ’, उहाँले भन्नुभयो- ‘यसले नयाँ युगको मागलाई सम्बोधन गर्ने छ ।’
यसैबीच कोरियाली प्रायद्वीपमा रहेको तनावबारे बोल्नुहुँदै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “भेटमा आफू र किमबीच भएको पहिलो भेटमा विचारहरूको आदानप्रदान भएको र पछिल्लो भेटमा किमले कोरियाली प्रायद्वीपमा रहेको तनावलाई सहज पार्न सक्रिय वार्ता प्रयास गरेको पाएँ ।” उहाँले तनावलाई सहजरूपमा अन्त्यका लागि रचनात्मक भूमिका खेलेको भन्दै किमको प्रसंशा गर्नुभयो ।
उहाँले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्न गरेको उत्तर कोरियाली प्रतिवद्धतामा सहयोगी भूमिका खेल्ने र वासिङटन र उत्तर कोरियाबीचको वार्तामा मध्यस्थता एवम् परामर्श दिने बताउनुभयो ।
उक्त अवसरका कोरियाली कम्युनिष्ट पार्टीका पछिल्ला गतिविधिबारे नेता किमले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीलाई जानकारी गराउनुभएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने