
मस्को, रूस, २२ वैशाख – रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उहाँको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा १५०० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
रूसी राष्ट्रपतिले आगामी सोमबार चौँथो कार्यकालको लागि शपथ खाने कार्यक्रम छ ।
राष्ट्रपति पुटिनको विरुद्ध ४१–बर्षीय नेता नाभाल्नीसहित ठूलो मास मध्य मस्कोमा प्रदर्शन गर्दै पुटिनविरुद्ध उत्तेजित नारा लगाएका प्राप्त सूचनामा जनाइएको छ । उनीहरूले नेता नाभाल्नीसहित अन्य सहभागीलाई पक्राउ गरेपछि सन् २०१४ मा क्रेमलिन समर्थक युक्रेनी शासकलाई पदच्युत गर्न प्रभावकारी मानिएका नारा लगाएका बताइएको छ ।
जुलुस शुरू हुनुपूर्व नै प्रहरीले सहभागीलाई तितरवितर पार्न हतियार चलाउनसक्ने चेतावनी दिएको थियो ।
प्रदर्शनकारीले ‘चौँथो कार्यकाल जनता जेलमा- धिक्कार छ’ भन्ने भावका नारा लगाउदै जुलुसमा उल्लेख्य सहभागिता जनाएका एएफपी सम्वाददाताले बताएका छन् ।
रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा पनि हजारौँको सङ्ख्यामा निस्केको जुलुसमा ‘जारको पतनसँगै रूस स्वतन्त्र हुनेछ’ जस्ता नारा लागेको थियो । रूसमा पुटिनका विरोधीहरूले उहाँलाई ‘नवजार’ को रूपमा लिने गर्छन् ।
केहीले अर्को छ वर्ष रूसको दुर्दशा र इन्टरनेटका स्वतन्त्रताका लागि सङ्घर्ष भन्ने नारा बोकेर जुलुसमा सहभागिता जनाएका थिए ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल