
लोम्पोक, संयुक्त राज्य अमेरिका, २२ वैशाख – अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने पहिलो यान हुनेछ ।
स्थिर रहने ‘इनसाईट’ ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण ‘साईज्मोमिटर’ हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान गर्नेछ ।
ती कम्पनहरूले जमिनमूनि रहेको चट्टान कसरी पत्र–पत्रमा बनेको छ भन्ने खुलासा गर्नुपर्नेछ र त्यो तथ्याङ्क साढे ४ अर्ब वर्षअघि ग्रहहरू कसरी बने भन्ने विषयमा थप कुराहरू पत्ता लगाउन मद्दत हुनेछ ।
‘इनसाईट’का प्रमुख अनुसन्धानकर्ता डा. ब्रुस ब्यानर्टले भन्नुभयो, ‘कम्पनयुक्त तरङ्गहरू मंगल ग्रह हुँदै अघि बढ्दा तिनले सूचना लिनेछन् । र साईज्मोग्राममा देखिने ती सबै तरङ्गहरूबाट विवरण कसरी निकाल्ने भनेर वैज्ञानिकहरूले बुझ्नेछन् । सबै दिशाहरूबाट ‘मार्सक्वेकहरू’ लिएपछि हामीले मंगलग्रहभित्रको थ्री-डी दृश्य सँगै राख्न सक्नेछौँ ।’
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने