लन्डन । एशिया तथा प्रशान्तका लागि संयुक्त अधिराज्यका विदेश राज्यमन्त्री मार्क फिल्ड नेपालको दुईदिने भ्रमणका क्रममा आगामी आइतबार काठमाडौं पुग्ने भएका छन् ।
नेपाल-बेलायतबीच दुई सय वर्ष पुरानो द्विपक्षीय सम्बन्ध अझ सुदृढ तुल्याउन राज्यमन्त्री फिल्डबाट उक्त भ्रमण हुन लागेको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राज्यमन्त्री फिल्डले काठमाडौंतर्फ प्रस्थान गर्नुअघि लन्डनमा भनेका छन्, ‘नेपालको संघीयतामा सघाउने एवं दुई देशबीचको व्यापार तथा लगानी बढाउने बारेमा म नेपालका उच्च अधिकारी र व्यापारी समुदायसँग विचारविमर्श गर्नेछु ।’
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक