लन्डन । एशिया तथा प्रशान्तका लागि संयुक्त अधिराज्यका विदेश राज्यमन्त्री मार्क फिल्ड नेपालको दुईदिने भ्रमणका क्रममा आगामी आइतबार काठमाडौं पुग्ने भएका छन् ।
नेपाल-बेलायतबीच दुई सय वर्ष पुरानो द्विपक्षीय सम्बन्ध अझ सुदृढ तुल्याउन राज्यमन्त्री फिल्डबाट उक्त भ्रमण हुन लागेको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राज्यमन्त्री फिल्डले काठमाडौंतर्फ प्रस्थान गर्नुअघि लन्डनमा भनेका छन्, ‘नेपालको संघीयतामा सघाउने एवं दुई देशबीचको व्यापार तथा लगानी बढाउने बारेमा म नेपालका उच्च अधिकारी र व्यापारी समुदायसँग विचारविमर्श गर्नेछु ।’
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा