
आग्रा, भारत २१ वैशाख – उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा १४३ पुगेको छ ।
बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराब भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो ।
भीषण रुपमा आएको हावाहुरीका कारण ढलेको रुख र पर्खाल भत्किएर ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो ।
उत्तर प्रदेश, राजस्थान र पञ्जवा राज्यमा भीषण आँधी आएको हो । यो आँधी २५ वर्षयताको सबैभन्दा भीषण रुपमा रहेको अधिकारीहरुको भनाई छ ।
यस आँधीबाट उत्तर प्रदेशमा १२१, राजस्थानमा २१ र पञ्जावमा प्रान्तमा एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यसमा परी अरु सयौँ व्यक्ति घाइते भएका छन् । घाइते तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।
उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् ।
ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुरयाएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
आँधीको प्रकोप शुक्रबार पनि देखिएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार पनि हावाहुरी आउने सम्भावना छ ।
मानिसहरुलाई घरबाट बाहिर ननिस्कन, सुरक्षितस्थलमा बस्न तथा सतर्कता अपनाउन ती राज्यका नागरिकमा सरकारले सूचना जारी गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा