लन्डन । चाल्टन नेपाली समाज यूकेले मे ६ तारिख आइतबार नयां वर्ष शुभकामना सांझ गर्ने भएको छ ।
चाल्टनस्थित मेरिडियन स्पोर्टस क्लबमा हुने उक्त कार्यक्रममा नेपालका स्थापित लोकदोहोरी गायक गायिका विमलराज क्षेत्री, रमेशराज भट्टराई र चन्द्रा कार्की मुख्य आकर्षण रहनेछन् । सांझ ६ देखि राती ११ बजेसम्म सांगीतिक कार्यक्रम हुने र सो को तयारी भइरहेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष टंक कंडेलले उक्त कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान गर्न, मनोरन्जन लिन एवं कलाकारहरुसंग प्रत्यक्ष साक्षात्कार गर्न सबैमा आव्हान गरेका छन् ।
कार्यक्रममा सहभागीबीच राफल ड्र पनि गराइने छ । राफल ड्रको पहिलो पुरस्कार प्लमस्टिडस्थित बर्मा ज्वेलर्स र दोस्रो पुरस्कार पानस रेष्टुरेन्टले प्रायोजन गरेका छन् । टिकट सौजन्य प्रेम गैरेको छ ।
कार्यक्रममा एडल्टका लागि प्रवेश शुल्क १२ पाउण्ड तोकिएको छ भने बालबालिकाका लागि ७ पाउण्ड र ५ वर्ष मुनिकालाई निशुल्क प्रवेश दिइने आयोजकले बताएका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा