लन्डन । अल्डरसटमा नेपाली खेलाडीबीच भलिबल प्रतियोगिताको तयारी भएको छ ।
अल्डरसट नेपलिज भलिवल क्लवले ९ जुन २०१८ का दिन अल्डरसटस्थित कन्नट स्कुल खेल मैदानमा दोश्रोपटक प्रतियोगिता गर्न लागेको हो । यस वर्ष पुरुष १५ र महिला ७ टिमले प्रतिष्पर्धा गर्ने क्लवका अध्यक्ष चन्दन गुरुङले जानकारी दिए । यस पटक टिम सहभागिता बढि हुने भएको छ । गत वर्ष पुरुष १२ र महिला ६ टिमले प्रतिष्पर्धा गरेका थिए ।
पुरुष महिला बेग्लाबेग्लै प्रतिष्पर्धा गराइने र पुरुषतर्फ प्रथम हुने विजेताले एक हजार पाउण्ड एवं दोश्रो विजेताले ६ सय पाउण्ड प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।
त्यस्तै महिला भलिवलतर्फ प्रथम हुनेले चारसय पाउण्ड, दोश्रो हुनेले दुईसय पचास पाउण्ड र तेश्रोले एकसय पाउण्ड पुरस्कार पाउने क्लवले जनाएको छ । विजेताले शिल्ड, मेडल र प्रमाणपत्र समेत पाउनेछन् ।
अध्यक्ष गुरुङले खेलकुद मार्फत नेपाली समुदायलाई एकीकृत गरि खेलाडीको सीप र हौसला बढाउन प्रतियोगिता गरिएको बताए । उनले उक्त दिन प्रतियोगितामा सहभागी भएर कार्यक्रम सफल बनाइदिन पनि आग्रह गरेका छन् ।
बेलायतमा फुटबल प्रतियोगिता कयौं भएपनि भलिवल चाहिं बिरलै हुने गर्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा