लन्डन । अल्डरसटमा नेपाली खेलाडीबीच भलिबल प्रतियोगिताको तयारी भएको छ ।
अल्डरसट नेपलिज भलिवल क्लवले ९ जुन २०१८ का दिन अल्डरसटस्थित कन्नट स्कुल खेल मैदानमा दोश्रोपटक प्रतियोगिता गर्न लागेको हो । यस वर्ष पुरुष १५ र महिला ७ टिमले प्रतिष्पर्धा गर्ने क्लवका अध्यक्ष चन्दन गुरुङले जानकारी दिए । यस पटक टिम सहभागिता बढि हुने भएको छ । गत वर्ष पुरुष १२ र महिला ६ टिमले प्रतिष्पर्धा गरेका थिए ।
पुरुष महिला बेग्लाबेग्लै प्रतिष्पर्धा गराइने र पुरुषतर्फ प्रथम हुने विजेताले एक हजार पाउण्ड एवं दोश्रो विजेताले ६ सय पाउण्ड प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।
त्यस्तै महिला भलिवलतर्फ प्रथम हुनेले चारसय पाउण्ड, दोश्रो हुनेले दुईसय पचास पाउण्ड र तेश्रोले एकसय पाउण्ड पुरस्कार पाउने क्लवले जनाएको छ । विजेताले शिल्ड, मेडल र प्रमाणपत्र समेत पाउनेछन् ।
अध्यक्ष गुरुङले खेलकुद मार्फत नेपाली समुदायलाई एकीकृत गरि खेलाडीको सीप र हौसला बढाउन प्रतियोगिता गरिएको बताए । उनले उक्त दिन प्रतियोगितामा सहभागी भएर कार्यक्रम सफल बनाइदिन पनि आग्रह गरेका छन् ।
बेलायतमा फुटबल प्रतियोगिता कयौं भएपनि भलिवल चाहिं बिरलै हुने गर्छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा