लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले २५६२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा आइतबार पूजापाठ, प्रवचन तथा खाता वितरण कार्यक्रम गरेको छ ।
रेडिङस्थित लिजर सेन्टरमा आयोजित कार्यक्रममा रेडिङमा बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ एकलाख ४० हजार पाउण्डको प्रतिवद्धता आएको बुद्धिष्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल गुरुङले जानकारी दिए । कार्यक्रममा ४५ हजार पाउण्ड संकलन भइसकेको गुरुङले बताए ।
बिभिन्न भक्तजनबाट खाना स्वरुप तीनहजार पाउण्ड दान र गुम्बा बनाउन विभिन्न दाताबाट एक लाख ४० हजार पाउण्ड प्रतिवद्धता आएको हो । धर्मगुरुद्वयमध्ये गुप्तबहादुर गुरुङले तीनसय तथा रक्षबहादुर गुरुङले डेढ सय पाउण्ड बुद्धिष्ट गुम्बा रेडिङ यूकेका लागि प्रदान गरेका थिए ।
बुद्ध जयन्तीमा धर्म गुरुहरु गुप्तबहादुर गुरुङ तथा जनता गुरुङले पूजापाठ तथा बुद्धबारे प्रवचन दिएका थिए । उक्त कार्यक्रमलाई रेडिङ आमा समूहले विशेष सहयोग गरेको थियो । छोटो समयको तयारी वावजुद पनि कार्यक्रम सफल भएको महासचिव कमल गुरुङले बताए ।
श्रीमती यशोदा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा पूजापाठको तयारी गर्न नरबहादुर गुरुङ, बुद्धिष्ट गुम्बा रेडिङ यूके परिवार तथा अन्य व्यक्तिले योगदान गरेका थिए ।

बुद्धिष्ट गुम्बा रेडिङ यूके अध्यक्ष भूपू इन्सपेक्टर खेमबहादुर गुरुङले दाता र अन्य सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।
अध्यक्ष गुरुङले धर्म गुरुहरु, पूजापाठमा संलग्न भक्तजन, खाजा व्यवस्था गर्ने आमा समूह, म्हनेपा रेडिङ, साउण्ड सिस्टम र कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ