
लन्डन । पासा पुच गुठी यूके साउथ इष्ट लन्डनले शनिबार लन्डन उलवीचस्थित मलग्रेभ स्कुल हलमा गुथि भ्वये (भोज) ने.सं ११३८ कार्यक्रम गरेको छ । परम्परागत शैलीको उक्त नेवारी भोजमा १८० जना अतिथी सहभागी थिए । सहभागीले पलेटी कसेर दुना टपरीमा समे बजी, ३७ विभिन्न किसिमका नेवारी खाना, जुजु धौ र घरमा निर्मित रक्सी (जांड) ग्रहण गरेका थिए ।
अतिथीहरुलाई धिमे बाजा र ५ जना ज्येष्ठ नागरिक (नाइके) विष्णुप्रसाद जोशी, महन्त श्रेष्ठ, भुपेन्द्रमान शाक्य, कुमार श्रेष्ठ र किशोर श्रेष्ठसहित पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिले स्वागत गरेका थिए ।
कार्यक्रममा बेलायतका विभिन्न शहरबाट नेवारी पोशाक र गरगहनामा सजिएका नेवार जातीको सहभागिता थियो । गायक योगेश्वर अमात्य र नायक धिरेन शाक्य कार्यक्रमका थप आकर्षण थिए । मनिष श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै नेवारी समुदाय र संस्कृतिमा गुथि भ्वयेको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको संयोजन माधव श्रेष्ठ र समग्र व्यवस्थापन पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष प्रजापतिले गरेका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान