नेपाली दूतावास लण्डनले साउथ इष्ट लण्डनको उलवीचमा एमआरपी पासपोर्टको लागि आवेदन फाराम संकलन गरेको छ । नेपाल फोरम ग्रीनवीचको आयोजना र कपिलवस्तु समाजको सहकार्यमा उलवीचको लोटस हलमा फारम संकलन भएको हो । करिव तीन सय एमआरपी आवेदन फाराम संकलन गरिएको जानकारी नेपाल फोरम ग्रीनवीचका अध्यक्ष राम अधिकारीले दिए । चार्ल्टन नेपाली समाज लगायत स्थानीय संघ संस्था तथा सामाजिक व्यक्तित्व हरुले यसमा सहयोग र समन्वय गरेका थिए ।
फारम संकलनको लागि दूतावासबाट कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री सहित ८ कर्मचारी र स्थानीय तहबाट दर्जनौ स्वयंसेवक खटिएका थिए । कम्युटर मार्फत फाराम भर्न सघाउन थुप्रै नयां पुस्ताका नेपाली किशोर किशोरीले योगदान गरे । शुरुमा प्रिन्टर लगायत प्राविधिक कठिनाइले केहि अलमल देखिए पनि पछि संकलन कार्यले गति लिएको थियो ।
नेपाली दूतावास लण्डनले बिगत केही महिना देखि बेलायतका बिभिन्न स्थानमा स्थानीय संघ संस्थाको सहकार्यमा घुम्ती शिविर संचालन गर्दै पासपोर्ट फाराम बटुली रहेको छ । अन्तराष्ट्रिय हवाई नीति अनुरुप आगामी बर्षको नोभेम्बरदेखि हस्त लिखित पासपोर्ट प्रयोग नहुने भएपछि विदेशस्थित नियोगहरुमा एमआरपीको चाप बढ्दै गएको छ भने सरकारले सम्बन्धित सबैमा यथासक्य छिटो बनाउन आवहान गरेको छ । लण्डन दूतावासले बिदाको दिनमा समेत घुम्ती टोली खटाउने सेवामुखी कामको यहां जनमानसमा प्रशंशा हुने गरेको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य