लण्डन। यस बर्षको अनेवा पुरस्कार गोर्खा सैनिक कैलाश लिम्बुलाई प्रदान गर्ने निर्णय भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको बिहीवार सम्पन्न बैठकले ‘गोर्खा’ नामक अंग्रेजी पुस्तकका लेखक लिम्बुलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी ६० हजार रुपैयां छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा, जया राई र नारायण अधिकारी थिए ।
प्रतिष्ठानका अध्यक्ष आचार्यले अगस्टमा लण्डनमा एक बिशेष समारोहबीच पुरस्कार प्रदान गरिने जनाए ।
सन् १९८१ मा ताप्लेजुङमा जन्मिएका गोर्खा सैनिक लिम्बुको उक्त अंग्रेजी पुस्तक सन्डे टाइम्सको ‘टप टेन बेस्ट सेलर’ मा परेको थियो ।
प्रतिष्ठानले गत बर्ष उक्त पुरस्कार ‘करोडौ कस्तुरी’ का लेखक अमर न्यौपानेलाई प्रदान गरेको थियो ।
सन् २०१२ मा स्थापित प्रतिष्ठानले नेपाली साहित्यकारलाई प्रोत्साहन र साहित्यको जगेर्नाका लागि लण्डनमा नियमित गतिविधि गर्दै आएको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक