लण्डन। यस बर्षको अनेवा पुरस्कार गोर्खा सैनिक कैलाश लिम्बुलाई प्रदान गर्ने निर्णय भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको बिहीवार सम्पन्न बैठकले ‘गोर्खा’ नामक अंग्रेजी पुस्तकका लेखक लिम्बुलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी ६० हजार रुपैयां छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा, जया राई र नारायण अधिकारी थिए ।
प्रतिष्ठानका अध्यक्ष आचार्यले अगस्टमा लण्डनमा एक बिशेष समारोहबीच पुरस्कार प्रदान गरिने जनाए ।
सन् १९८१ मा ताप्लेजुङमा जन्मिएका गोर्खा सैनिक लिम्बुको उक्त अंग्रेजी पुस्तक सन्डे टाइम्सको ‘टप टेन बेस्ट सेलर’ मा परेको थियो ।
प्रतिष्ठानले गत बर्ष उक्त पुरस्कार ‘करोडौ कस्तुरी’ का लेखक अमर न्यौपानेलाई प्रदान गरेको थियो ।
सन् २०१२ मा स्थापित प्रतिष्ठानले नेपाली साहित्यकारलाई प्रोत्साहन र साहित्यको जगेर्नाका लागि लण्डनमा नियमित गतिविधि गर्दै आएको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय