लन्डन । बेलायती विदेशीमन्त्री बोरिस जोन्सनले अपराध नगरेका गैर कानुनी आप्रवासी (इलिगल) लाई समेत आवासीय अधिकार दिइनुपर्ने कुरा दोहोरयाएका छन् । विदेशमन्त्री जोन्सनले मंगलबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री टेरेजा मेलाई कमनवेल्थ र अन्य मुलुकबाट आएका गैर कानुनी आप्रवासीलाई एमनेष्टी (क्षमादान) को व्यवस्थाका लागि दवाव दिएको ‘द टेलिग्राफ’ ले बुधबार जनाएको छ ।
‘वीन्डरस काण्ड’ ले सरकारको आलोचना भइरहंदा विदेशमन्त्रीको उक्त भनाइ आएको हो । बेलायतमा अपराधिक अभिलेखमा नरहेका दश वर्ष बढि बसिसकेका आप्रवासीलाई एमनेष्टी दिन जोन्सनले दवाव दिएको उक्त अखवारले लेखेको छ । तर, बोरिसको उक्त धारणाले क्याबिनेटमा मतभेद आएको जनाइएको छ । प्रधानमन्त्री मेले बोरिसको उक्त तर्कको प्रतिवाद गर्दै बेलायती आमनागरिकहरु एमनेष्टी नचाहने जिकिर गरेकी थिइन् ।
बोरिसले लन्डन मेयर हुंदा पहिलोपटक सन् २००८ र फेरि सन् २०१६ मा पनि ‘इलिगल’ लाई एमनेष्टी दिइनुपर्ने धारणा राखेका थिए ।
दोश्रो विश्वयुद्धपछिको दशकमा ब्रिटेन आएर लामो समय बसिसकेका क्यारेबियन आप्रवासीलाई अहिले बेलायत सरकारले देश निकालाको चेतावनी दिएपछि सरकारको चर्को आलोचना भएको छ ।
क्यारेबियन कुटनीतिज्ञहरुले दशकौं बेलायत बसेकालाई गैर कानुनी आप्रवासीका रुपमा व्यवहार गरेकामा होम अफिसको निन्दा गरेका छन् । लामो समय बसिसकेका आप्रवासीहरुलाई स्वास्थ्य सेवा, जागिर र बेनिफिटबाट वञ्चित, थुनामा राख्ने र स्वदेश फिर्ता गराउने सम्मका क्रियाकलाप भएकामा ति कुटनीतिज्ञहरुको चिन्ता र चासो थियो ।i
सन् १९५० र ६० को दशकमा क्यारेबियन मुलुकबाट सानै उमेरमा ब्रिटेन आएका नागरिकहरु (वीन्डरस पुस्ता) ले बेलायती नागरिकता कहिल्यै पाएनन् । कागजात नभएकै कारण हजारौंले गम्भीर अध्यागमन समस्या समेत झेल्नु परयो ।
बेलायतमा आप्रवासी नियन्त्रण मुद्दाले केही वर्षयता प्रमुख स्थान लिएको छ । प्रहरीको २८ फोर्सले सन् २०१४ यता गैर कानुनी बेलायत प्रवेश गर्न खोज्ने करिब २७ हजार आप्रवासीलाई गिरफतार गरेको हालै प्रकाशित नयां तथ्यांकमा उल्लेख छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता