
लन्डन । सन् १९९३ मा ब्रिटिश आर्मी भर्ती भएका सैनिकहरुको समूह ‘१९९३ इन्टेक’ ले एक समारोहबीच रजत जयन्ती मनाएको छ । गत १४ अप्रिल २०१८ शनिबार स्याण्डहस्टस्थित सैनिक परिसरभित्र रजत जयन्ती मनाइएको हो ।
उक्त इन्टेकले हरेक वर्ष भेटघाट कार्यक्रम गरेपनि यस वर्ष रजत जयन्ती भएकाले कार्यक्रम विशेष थियो । हल सजावट छुट्टै किसिमले गरिएको थियो ।
कार्यक्रममा २५ वर्ष अघि संगै भर्ती भएका साथी (नम्बरी र नम्बर्नी) हरु भेटघाट गरेर हर्षसाथ बितेका दिनहरु स्मरण गर्दै थिए ।
दिउसो ४ बजेबाट शुरु भएको उक्त कार्यक्रममा करिब २०० को सहभागिता थियो । कार्यक्रमको पहिलो चरणमा सामूहिक फोटो र जलपान व्यवस्था गरिएको थियो ।
दोश्रो चरणमा ७ वटा युनिटका युनिट स्पिकर सेकेन्ड जिआर मेजर ज्ञानबहादुर ढेंगा, सिक्सजिआर डब्लुओटु यामबहादुर गुरुङ, सेभेनजिआर क्याप्टेन डिल्लीकुमार राई एमभिओ, टेनजिआर क्याप्टेन लिलाराम राई, क्यूजिइ डब्लुओटु प्रकाश राई, क्यूजिएस रुपकुमार गुरुङ, क्यूओजिटिआर क्याप्टेन डेनी गुरुङले बितेका दिनहरुको स्मरण गरेका थिए । उक्त अवसरमा १९९३ इन्टेकको केक पनि काटिएको थियो ।
सांझ सांस्कृतिक कार्यक्रममा सबै नम्बरीहरु रेड कार्पेटमार्फत आ आफ्नो जोडीका साथ हल प्रवेश गरेका थिए । कार्यक्रममा कलाकारहरुले गीत तथा नाच प्रस्तुत गरे । नम्बर्नी सुमी राईले आफ्नै एल्बमको गीत प्रस्तुत गरिन् । कार्यक्रममा ‘राफल ड्र’ पनि खेलाइएको थियो ।
उक्त कार्यक्रम गर्न अध्यक्ष गणेश लिम्बु, उपाध्यक्ष कुलचन्द्र गुरुङ, सचिव बीरेन्द्र कुमार पुन, कोषाध्यक्ष देवबहादुर गुरुङ, सह कोषाध्यक्ष दलबहादुरले विशेष भूमिका निर्वाह गरेका थिए ।
अन्त्यमा इन्टेक १९९३ कार्यसमितिका अध्यक्ष गणेश लिम्बुले सबै सहभागीलाई धन्यवाद दिंदै क्याप्टेन डिल्लीकुमार राई एमभिओ, डब्लुओटु जयबहादुर दुरा र डिजे दिलीप राईप्रति विशेष आभार व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन सचिव बीरेन्द्र कुमार पुनले गरेका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान