लण्डन । सृजनशील नेपाली समाज युकेको दशौँ वार्षिकोत्सव शनिबार अल्डरसटमा सम्पन्न भएको छ । समाजका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।
सो अवसरमा बोल्दै राजदूत सुवेदीले सृजनशील नेपाली समाजलाई विगत सम्झेर लघुताभाष नहुन र वर्तमानलाई सम्झेर हीनताबोध नगर्न आग्रह गरे । उनले अहिलेको नेपाल पहिलेको जस्ता नरहेको र सामाजिक विभेदलाई अन्त्य गर्न संविधान, कानुनमा धेरै प्रावधानहरु आइसकेको सन्दर्भ कोट्याउँदै अबको नेपाल उज्यालो नेपाल हुने धारणा व्यक्त गरे ।
समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका उपाध्यक्ष शेर सुनारले आफ्नो पहिचानमा गर्व गर्नुपर्ने बताए । एनआरएनए युकेका अर्का उपाध्यक्ष प्रेम गाहामगरले समाजलाई दशौँ वार्षिकोत्सवको शुभकामना दिए । ओभरसिज नेपलिज फोरम, युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले समाजमा हुने विभेदका विरुद्ध लड्न आफू साथै रहने प्रतिवद्धता व्यक्त गरे । ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष जीव बेल्बासेले विगतका तीता अनुभव बिर्सेर समाजका सबै सदस्यसरह हुँ भन्ने मनोबल लिएर अघि बढ्न सुझाव दिए ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सृजनशील समाजका सदस्यहरुलाई पत्रकारिता तालिम दिलाउन सहयोग गर्ने र समाजले गर्ने कार्यक्रमहरुमा पत्रकारहरुको साथसहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोरखा तमु समाजका अध्यक्ष फडकजीत गुरुङ, विश्वकर्मा सेवा समाज युकेका अध्यक्ष थाम विश्वकर्मा र समाजका सल्लाहकार श्यामलाल सुनारले शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु बिबी अनुरागी र मञ्जु बिक लगायतले मनोरञ्जन दिलाए । संस्थापक महासचिव विकास रनपैलीको संचालनमा भएको सो कार्यक्रममा हेल्थ एण्ड सेफ्टी सचिव दिलबहादुर नेपालीले र स्वागत मन्तब्य उपाध्यक्ष राजकुमार सुनारले दिएका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि