लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाली नयाँवर्ष मनाएको छ । शुभकामना साँझ नाम दिएर हरेक वर्ष आयोजना गरिने सो कार्यक्रमको प्रमुख अतिथि रसमुर बोरो मेयर सोफिया चौधरी थिइन् । कार्यक्रममा बोरोका काउन्सिलर लिडर, काउन्सिलरहरु, काउन्सिलका अधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मोना युकेका अध्यक्ष कमल पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक दल जुग्जालीले गरेका थिए । कार्यक्रम संचालन महासचिव कुमार फगामी र सचिव लालबहादुर पुनले गरेका थिए भने साँस्कृतिक कार्यक्रम नुनु थापा र चन्द्र थजालीले गरेका थिए ।
कार्यक्रमको अर्को चरणमा टंक शेरचन, मञ्जु बिक, क्याप्टेन बीरबहादुर थापा, तुलचन्द्र तिलिजा, इन्दिरा गुरुङ, कल्पना गुरुङ, मनसुधन थापा, चन्द्रा कार्कीले गीत गाएका थिए । आयुष्मा फगामी, गीता पाइजा, बबी पाइजा, सुष्मा रोका, सुसिता रोका, सुमिता रोका, शर्मिला रोका, मेरिना पाइजा, आस्था फगामी, दुर्गादेवी पुनले नृत्य प्रस्तुत गरेका थिए । धौलागिरी नौमती बाजाले नौमती बाजामा साथ दिएका थिए भने लाइभ लोकदोहोरी पनि गाइएको थियो ।
कार्यक्रममा मोना युकेमा उत्कृष्ट कार्य गर्ने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो भने गत वर्ष दिवंगत मोना युकेका सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरियो ।
कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, एनआरएनए आइसिसी सदस्य शान्ति थापा कुँवर, पूर्व सांसद नरबहादुर पुन, एनआरएन आइसिसीका पूर्व कोषाध्यक्ष प्रकाश पुन लगायतको उपस्थिति थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय