लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाली नयाँवर्ष मनाएको छ । शुभकामना साँझ नाम दिएर हरेक वर्ष आयोजना गरिने सो कार्यक्रमको प्रमुख अतिथि रसमुर बोरो मेयर सोफिया चौधरी थिइन् । कार्यक्रममा बोरोका काउन्सिलर लिडर, काउन्सिलरहरु, काउन्सिलका अधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मोना युकेका अध्यक्ष कमल पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक दल जुग्जालीले गरेका थिए । कार्यक्रम संचालन महासचिव कुमार फगामी र सचिव लालबहादुर पुनले गरेका थिए भने साँस्कृतिक कार्यक्रम नुनु थापा र चन्द्र थजालीले गरेका थिए ।
कार्यक्रमको अर्को चरणमा टंक शेरचन, मञ्जु बिक, क्याप्टेन बीरबहादुर थापा, तुलचन्द्र तिलिजा, इन्दिरा गुरुङ, कल्पना गुरुङ, मनसुधन थापा, चन्द्रा कार्कीले गीत गाएका थिए । आयुष्मा फगामी, गीता पाइजा, बबी पाइजा, सुष्मा रोका, सुसिता रोका, सुमिता रोका, शर्मिला रोका, मेरिना पाइजा, आस्था फगामी, दुर्गादेवी पुनले नृत्य प्रस्तुत गरेका थिए । धौलागिरी नौमती बाजाले नौमती बाजामा साथ दिएका थिए भने लाइभ लोकदोहोरी पनि गाइएको थियो ।
कार्यक्रममा मोना युकेमा उत्कृष्ट कार्य गर्ने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो भने गत वर्ष दिवंगत मोना युकेका सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरियो ।
कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, एनआरएनए आइसिसी सदस्य शान्ति थापा कुँवर, पूर्व सांसद नरबहादुर पुन, एनआरएन आइसिसीका पूर्व कोषाध्यक्ष प्रकाश पुन लगायतको उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा