लण्डन । नेपाली काँग्रेसको युकेस्थित संस्था नेपाली जनसम्पर्क समिति युकेका महामन्त्री विश्व घिमिरेले पदबाट राजिनामा दिएका छन् ।
समितिको तेस्रो अधिवेसनबाट महामन्त्रीमा निर्वाचित घिमिरेले नेतृत्वप्रति असक्षमताको आरोप लगाउँदै पदबाट राजिनामा दिएको एक प्रेस विज्ञप्तिमार्फत बताएका छन् ।
समितिको तेस्रो अधिवेसनका क्रममा सहभागीहरुबाट आएको सुझाव र नेतृत्वलाई दिइएको जिम्मेवारी पूरा गर्न नेतृत्व चुकेको उनले जिकिर गरेका छन् ।
नेतृत्वलाई कार्यसमितिभित्र जिम्मेवारी बाँडफाँड र असन्तुष्टहरुलाई सहमतिमा ल्याई जिम्मेवारी दिलाउन माग गर्दै विगत आठ महिनादेखि बैठक बहिस्कार गर्दै दबाब दिँदा पनि नेतृत्वले अटेर गरेपछि बाध्य भई राजिनामा दिनुपरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आफनो अडानलाई नेतृत्वले व्यक्तिगत द्वेष र कमजोरीका रुपमा लिएपछि नेता र कार्यकर्ताहरुको सुझावका आधारमा राजिनामा दिएको उनले बताएका छन् ।
उनले नेपाली काँग्रेसलाई एकढिक्का बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् भने राजिनामापछि पनि जनसम्पर्क समितिलाई संस्थागत विकास र सहमतिका लागि स्वतन्त्र ढंगले योगदान दिने बताएका छन् ।
उनी देउवा निकट लोक गुरुङ अध्यक्ष रहेको नेपाली जनसम्पर्क समिति युकेको महामन्त्री थिए । उनको राजिनामापछि पनि जनसम्पर्क समिति युकेमा अझै दुई महामन्त्री छन् ।
बेलायतमा काँग्रेसका दुई समानान्तर समिति रहेका छन् । केही सातायता केन्द्रको दबाबमा एकताका लागि वार्ता समिति बनाएका छन् । यसबेलामा आएको घिमिरेको राजिनामा अर्थपूर्ण रहेको छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक