लण्डन । तनहुँको खैरेनीटार क्षेत्रबाट युकेमा बसोबासरत नेपालीहरुको संस्था खैरेनीटार सेरोफेरो समाजले सेराटारमा समाजघर बनाउन सहयोग गर्ने भएको छ ।
समाजको गतसाता लण्डनमा सम्पन्न वार्षिक भेटघाटका अवसरमा उपस्थित गाउँलेहरुबाट सो समाज घर निर्माणका लागि ६ लाख ५ हजार रुपियाँ संकलन भएको समाजका सल्लाहकार तथा नेपाली टिभीका निर्देशक मोहन गुरुङले जानकारी दिए । सहयोग संकलनलाई अझै प्रभावकारी बनाइ छिट्टै सहयोग हस्तान्तरण गरिने पनि गुरुङले बताए ।
समाजका अध्यक्ष रत्नबहादुर गुरुङको अध्यक्षता तथा महासचिव राजेन्द्र राना र सहसचिव सुस्मिता गुरुङले सञ्चालन गरेको सो वार्षिक भेटघाटमा सल्लाहकार मोहन गुरुङ, सल्लाहकार किसन गुरुङ र समाजका अग्रज रामबहादुर गुरुङले मन्तब्य दिएका थिए । समाजकी कोषाध्यक्ष निर्मला थापाले आयव्यव विवरण पेश गरेकी थिइन् ।
कार्यक्रममा समाजका महासचिव राजेन्द्र राना र श्रीमती हेमा रानाकी छोरी रैसा राना, नरबहादुर थापा र साहिरा थापाकी छोरी रीना थापा, सल्लाहकार कृष्णदेवी गुरुङकी छोरी रत्ना गुरुङ र गंगा गुरुङकी छोरी प्रिया गुरुङ र किसन गुरुङ र युवा गुरुङका छोरा रोशन गुरुङलाई यसैवर्ष विभिन्न विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर गरेकोमा सम्मान गरिएको थियो । यसैवर्ष विवाह बन्धनमा बांँधिएका समाजका उपाध्यक्ष चुनबहादुर गुरुङका छोरा मिनबहादुर गुरुङ र अनिता गुरुङलाई पनि बधाई दिइएको थियो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई