लन्डन । एनआरएनए यूके र सहारा यूकेबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । आगामी १३ मे आइतबार अल्डरसटस्थित कन्नट स्कुल मैदानमा खेल हुन लागेको हो ।
लन्डन साउथ हयारोस्थित गोल्डेन सीप रेष्टुरेन्टमा बिहीबार सांझ एक पत्रकार सम्मेलनमा सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ ‘साईंला’ ले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने थिमका साथ ४० वर्ष माथिका भेट्रान खेलाडीबीच खेल आयोजना गर्न लागिएको जानकारी दिए ।
११ ए साइड उक्त खेलमा दर्ता शुल्क नलिइने तर स्वेच्छाले सहयोग प्राप्त भए उक्त रकम पोखरा एकेडेमीको अक्षय कोष स्थापनार्थ पठाइने बताए । पोखरा एकेडेमीले दुई करोड रुपैंयाको अक्षय कोष स्थापना गर्ने क्रममा करिब डेढ करोड रुपैयां संकलन गरिसकेको छ । मैत्रीपूर्ण खेल भएपनि विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष साईंलाले बताए ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले मैत्रीपूर्ण खेलको सरहाना गर्दै अधिकांश समय सामाजिक काममा सक्रिय हुनेले स्वास्थ्यप्रति अझ सचेत रहनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय खेलाडीलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ भन्नेमा एनआरएनए सधैं सचेत रहेको समेत बताए ।
कार्यक्रम सञ्चालन गर्दै एनआरएनए यूके महासचिव आर के त्रिपाठीले स्वास्थ्य सचेतनाको सन्देश प्रवाह गर्न पनि सहारा यूके र एनआरएनए यूकेबीच खेल गर्न लागिएको प्रष्टयाए । ‘४० नाघेपछि स्वास्थ्यमा अझ सजग रहनुपर्ने आवश्यकता छ’, त्रिपाठीले भने, ‘हामीले खेलमार्फत समाजमा स्वास्थ्य रहौं र अरुलाई पनि स्वास्थ्यकर जीवन जिउन प्रेरित गरौं भन्ने सन्देश दिने जमर्को गरेका हौं ।’
कार्यक्रममा एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा कुंवर, एनआरएनए यूके उपाध्यक्षद्वय प्रेम गाहामगर र पुनम गुरुङ, पत्रकार चिरन शर्मा आदिले पहिलो पटक गर्न लागिएको मैत्रीपूर्ण खेल धेरै टिम र दर्शक सहभागी गराई अझ व्यापक रुपमा गर्न सुझाए । एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगरले भेट्रानमात्र नभइ युवा टिमलाई पनि यस्ता खेल गतिविधितर्फ प्रेरित गर्न आव्हान गरेका थिए ।
प्रेस मिटमा नेपाली नयां वर्ष २०७५ को अवसरमा बेलायतमा सांस्कृतिक कार्यक्रम गर्न आएका राष्ट्रिय कलाकारहरु चर्चित गायिका तथा बेली डान्सर प्रिती आले र नायिका तथा मोडल छुल्ठिम डोल्मा गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो । नेपालबाटै आएकी डान्सर रश्मी तामाङ भने कार्यक्रममा सहभागी भइनन् ।
ति कलाकारहरुले आज शुक्रबार १३ अप्रिल सांझ अल्डरसटस्थित ‘प्यालेस’ मा स्थानीय कलाकारका साथ ‘नेप्लिज न्यू इयर नाइट २०७५’ गर्दैछन् ।
तस्विर- शिव भण्डारी
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान