लन्डन । मृगौला रोगबाट पीडित राष्ट्रिय सभा सदस्य शान्तिकुमारी अधिकारी जिसीको मृगौला प्रत्यारोपणका लागि बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेलायतमा संकलित १४ लाख ७७ हजार रुपैंयाको चेक पीडित अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहयोगदाताका तर्फबाट क्षेत्री समाज बेलायतका प्रतिनिधि एवं आजीवन सदस्य धनबहादुर क्षेत्री, बागलुङ समाज बेलायतका नरसिंह छन्त्याल एवं प्रेमकुमारी छन्त्यालले सो चेक हस्तान्तरण गरेका थिए ।
उक्त रकम क्षेत्री समाज बेलायत, बागलुङ समाज बेलायत, शारदा कुंवर, प्रतिमा केसी, लक्ष्मी बस्नेत लगायतको अगुवाइमा बेलायतवासी नेपालीका तर्फबाट संकलन गरि पठाइएको हो ।
बागलुङको वडीगाड गाउंपालिका वडा नं. २ सिमलचौर निवासी अधिकारी साढे २ वर्ष देखि मृगौला रोगबाट पीडित छन् । निरन्तर राजनीति र महिला आन्दोलनमा लागेकी नेतृ अधिकारीको मृगौला प्रत्यारोपण प्रक्रिया बीर अस्पताल काठमाडौंमा जारी छ ।
अधिकारीका श्रीमान गोविन्द अधिकारीले मृगौला दान गर्ने र सो प्रत्यारोपणका लागि झण्डै २० लाख भन्दा बढि लाग्ने भएपछि अधिकारीले सहयोगको अपिल गरेकी थिइन् । चेक प्राप्त भएपछि पीडित अधिकारीले समस्त सहयोगदाताप्रति आभार व्यक्त गरेकी छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी