लन्डन । बेलायतस्थित नेपाली व्यवसायीहरुले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ ले अन्ततः ‘रिलिज डेट’ जुराएको छ । गत माघ १२ गते नै रिलिज हुने तय भएपनि विभिन्न कारण रोकिएको हयाप्पी डेज अन्ततः बैशाख १४ गते (२७ अप्रिल) देखि नेपालभर प्रदर्शन हुन लागेको हो ।
बेलायत स्थायी बसोवास गर्ने मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्मको रेड कार्पेट प्रिमियर शो केही महिनाअघि बेलायतमा भइसकेको थियो ।
त्रिकोणात्मक प्रेम र धोकाधडीमा आधारित ‘हयाप्पी डेज’ बेलायतको राजधानी लन्डन, स्कटल्याण्ड र वेल्समा करिब ९५ प्रतिशत छायांकन गरिएको फिल्म हो जसमा दयाहाङ राई र प्रियंका कार्कीको जोडी र उनीहरुको सम्बन्धमा आउने उतारचढाव हेर्न सकिनेछ । उक्त चलचित्रले आम नेपालीको बेलायत टेक्ने सपना, यहां आइसकेपछि रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ । फिल्ममा प्रियंका, दयाहाङ, सन्जय गुप्ता, विक्की जोशी, रितेश चाम्स, मोनिका गुरुङ आदि कलाकारको पनि मुख्य अभिनय छ ।
लन्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बीपी खनाल, भवानी शर्मा, हिरल जोशी, निर्देशक चाम्स स्वयं र डा. अशोक बन्सालले फिल्म निर्माण गरेका हुन् ।
प्रस्तुतकर्ता वी पी खनालले नेपाली चलचित्रको गुणस्तर अभिवृद्धि र विकासका लागि चुनौति लिएर सम्पूर्ण छायांकन बेलायतमै गरिएको बताउंदै सिनेमा हेरिदिन अपिल गरेका छन् । उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको दावी निर्माण पक्षको छ ।
पछिल्लो समय मिलन चाम्स नेपाली चलचित्र उद्योगमा स्थापित भइरहेका छन् । उनी निर्देशित बेलायत र टर्कीमा समेत छायांकन गरिएको चलचित्र ‘लिलीबिली’ यही चैत्र ३० गते देखि देशभर प्रदर्शन हुने तयारीमा छ । चाम्सका यसअघि ‘बीर विक्रम’, ‘ब्लाइन्ड रक्स’ आदि फिल्मले पनि राम्रो चर्चा बटुलेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण