लन्डन । लन्डनस्थित एक सफल व्यवसायी बिराज भट्टले केही दिन यता सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो नाम एक महिला क्षमता ढकालसंग जोडेर आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भट्टले ढकाललाई एउटा नजिकको साथीका रुपमा आर्थिक तथा भावनात्मक सहयोग गरेको प्रष्टयाउंदै आफूले कुनै प्रलोभन नदिएको स्पष्ट पारेका छन् ।
आफ्नो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट मिडियाबाजी हुनु निन्दनीय भन्दै भट्टले पछिल्ला समाचारबाट आफ्नो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको पनि जनाएका छन् ।
‘हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएं । उहांलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहांले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन् । कुनै प्रलोभन देखाएर उहांसंग फाइदा लिने मेरो मनसाय पनि रहेन’, उनको विज्ञप्तिमा छ- ‘बरु मैले उहांलाई दुःखको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउंदा झन् उल्टो मेरो चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दुःख लागेको छ । म बिवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।’
विज्ञप्ति जस्ताको तस्तैः
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि