लन्डन । लन्डनस्थित एक सफल व्यवसायी बिराज भट्टले केही दिन यता सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो नाम एक महिला क्षमता ढकालसंग जोडेर आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भट्टले ढकाललाई एउटा नजिकको साथीका रुपमा आर्थिक तथा भावनात्मक सहयोग गरेको प्रष्टयाउंदै आफूले कुनै प्रलोभन नदिएको स्पष्ट पारेका छन् ।
आफ्नो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट मिडियाबाजी हुनु निन्दनीय भन्दै भट्टले पछिल्ला समाचारबाट आफ्नो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको पनि जनाएका छन् ।
‘हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएं । उहांलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहांले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन् । कुनै प्रलोभन देखाएर उहांसंग फाइदा लिने मेरो मनसाय पनि रहेन’, उनको विज्ञप्तिमा छ- ‘बरु मैले उहांलाई दुःखको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउंदा झन् उल्टो मेरो चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दुःख लागेको छ । म बिवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।’
विज्ञप्ति जस्ताको तस्तैः
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी