
लण्डन, २७ चैत – रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता हुनुभएको छ ।
घाइते हुनेबित्तिकै अस्पताल भर्ना गरिएकी उहाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि घर फिर्ता गरिएको अस्पतालका अधिकारीहरुले जनाएका छन् ।
उहाँसहित उहाँको बुबा सेर्गेइ स्कृपाललाई गत महिना मार्च ४ तारिखका दिन सलिस्बरीमा रासायनिक आक्रमण भएको थियो ।
बिबिसीका अनुसार ३३ वर्षीया छोरीलाई अस्पतालबाट घर पठाइए पनि उहाँका ६६ वर्षीय बुबा सेर्गेइलाई भने अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ ।
घटनाको अनुसन्धान गरिरहेको मेट्रोपोलिसले भने यस विषयमा केही प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ ।
यसअघि गत हप्ता युलियाको तर्फबाट जारी गरिएको विज्ञप्तिमा आफ्नो स्वास्थ्यमा सुधार आइरहेको र त्यसले आफूलाई खुशी बनाएको उल्लेख गरिएको थियो । उहाँले आफू एक हप्ताअघि मात्र होसमा आएको विज्ञप्तिमा उल्लेख गर्नुभएको थियो ।
रासायनिक पदार्थ प्रयोग गरी आक्रमण गरिएको उक्त घटनाले अन्तर्राष्ट्रिय कूटनीतिक संकट निम्त्याएको छ ।
उहाँहरुमाथि भएको आक्रमणमा रुस जिम्मेवार रहेको बेलायतले आरोप लगाएपछि कूटनीतिक संकट फैलिएको हो । रुसले भने बेलायतको आरोपको पटक पटक खण्डन गर्दै आइरहेको छ ।
यही आरोप प्रत्यारोपका बीचमा रुसका कैयौँ कूटनीतिज्ञहरु विभिन्न देशबाट निकालिएका छन् भने रुसले पनि विभिन्न देशका कूटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गरेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि