
लन्डन । नारी मिलन महिला समूह बेलायतले नेपाली नयां वर्ष २०७५ शुभकामना सांझ आयोजना गरेको छ । गत आइतबार साउथहयारोस्थित गोल्डेनसीपमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरेर नयां वर्ष आगमनको स्वागत गरियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी थिए एनआरएनए यूके महासचिव आर के त्रिपाठी । मन्तव्यका क्रममा महासचिव त्रिपाठीले महिलाहरुलाई संगठित र सशक्त बनाउन नारी मिलन महिला समूहले उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरे । उनले परिवार र कामको व्यस्तताबीच महिलाहरुले समुदायमा गरेको सामाजिक कामको पनि सरहाना गर्दै एनआरएनए यूकेले महिला सशक्तिकरणका सवालमा उक्त संस्थासंग सहकार्य गर्ने विश्वास दिलाए ।
संस्थाकी निवर्तमान अध्यक्ष हरिकला अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै आफूहरु वौद्धिक र प्राज्ञिक स्तरमा कम र प्रचारप्रसारमा ओझेल परेपनि निस्वार्थ भावले समाजसेवा गर्न उत्सुक भएको बताइन् । उनले बेलायतका नेपाली महिलाहरुको उत्थान र अप्ठेरोमा सहयोग आदानप्रदान गर्न सन् २०१४ मा संस्था स्थापना गरिएको प्रष्टयाइन् ।
कमला गुरुङ, सुनिता गुरुङ, बिना खनाल, पवित्रा फुंयाल, ज्ञानु श्रेष्ठले संस्था गठनपछि महिलाबीच एकता अभिवृद्धि भएको धारणा राखेका थिए ।
कार्यक्रममा एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङ, युवा समाजसेवी हेम गुरुङ, पत्रकार शिव भण्डारी, मिसेस नेपाल यूके २०१७ विजेताहरु गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई पन्त लगायत अतिथीका रुपमा उपस्थित थिए ।
कार्यक्रममा गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई पन्त, ध्रुव दत्त, रवि लिम्बु, तृप्ती गुरुङ, मनिषा बस्नेत, पुष्पा तामाङ, सुमिरा थापा, सुनिता गुरुङ, राजकुमार गुरुङ लगायतले नृत्य र स्थानीय गायक आशिष राज, विद्या विश्वकर्मा, बाबुराम अर्याल, कमला गुरुङले गायन प्रस्तुत गरेका थिए । रफी श्रेष्ठले बांसुरीको धुन सुनाएकी थिइन् ।
तस्विर- शिव भण्डारी
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि