
लन्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतले गत हप्ता दिवंगत नेपाली कांग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक कार्यक्रम गरयो । शनिबार दिउंसो पश्चिम लण्डनको फेल्थाममा आयोजित कार्यक्रममा बेलायतस्थित कांग्रेस कार्यकर्ताले खड्काप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीले स्वर्गीय खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरे ।
कार्यक्रममा समितिका सभापति गुरुङ, प्रमुख अतिथि एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, समितिका निवर्तमान अध्यक्ष लोक गुरुङ लगायत वक्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खड्काको योगदानको चर्चा गरेका थिए ।
महामन्त्री सूर्य तामाङले सञ्चालन गरेको कार्यक्रममा महामन्त्री प्रवेश केसीले स्वगत मन्तब्य दिए । कार्यसमिति सदस्य खुशी लिम्बुले स्वर्गीय नेता खड्काले जीवनको उत्तरार्धमा राजनैतिक उतारचढाब ब्यहोर्नु परे पनि उनको जीवनमा खोट भन्दा पनि बढी सुन्दर पक्ष रहेको जिकिर गरे ।
कार्यक्रम समापनका क्रममा अध्यक्ष युवराज गुरुङले निशुल्क हल उपलब्ध गराएकोमा समितिका सहमहामन्त्री तथा नमस्ते गोर्खा रेस्टुरेण्टका सह–प्रोप्राइटर इन्द्रहाङ लिङदेनलाई धन्यवाद दिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य खड्काको ६७ वर्षको उमेरमा गत हप्ता भारतमा उपचारका क्रममा निधन भएको थियो ।
लिम्बु समितिको प्रवक्ता
यसैबीच, समितिले प्रवक्तामा खुशी लिम्बुलाई नियुक्त गरेको छ । समितिका सभापति युवराज गुरुङका अनुसार लिम्बुलाई शनिबार देखि प्रवक्ताको जिम्मेवारी दिइएको हो । लिम्बु नेपाल आदिवासी जनजाति महासंघ वेलायत (नेफिन यूके) को महासचिव समेत हुन् । गैर आवासीय नेपाली संघको अभियानमा समेत सक्रिय लिम्बु समितिको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि