काठमाडौं। राष्ट्रपति रामवरण यादवले २०६२-६३ को आन्दोलन पक्षबीच संविधानका अन्तर्वस्तुमा तत्काल सहमति कायम गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार साँझ शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालालाई छिटो दलीय सहमति जुटाएर माघ ८ मै संविधान जारी गर्ने भनि जनतासँग गरेको प्रतिवद्धता पनि स्मरण गराएका छन्। यादवले ठूलो पार्टीको सभापति र प्रधानमन्त्रीको हैसियतमा कोइरालाको जिम्मेवारी बढी भएको बताएका हुन्। 
संविधानमा सहमति जुटाउन विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल तीव्र पारेका राष्ट्रपतिले प्रधानमन्त्री कोइरालालाई सकेसम्म सबै पक्षलाई समेटेर अघि बढ्न सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री कोइरालालाई समयमै संविधान नबने आन्दोलनबाट प्राप्त उपलब्धी समेत गुम्न सक्नेतर्फ सचेत गराएका थिए।
नयाँ संविधानले मात्र आन्दोलनका सबै उपलव्धि संस्थागत गर्ने दोहोर्याउँदै राष्ट्रपति यादवले राष्ट्रिय एकता, खण्डतालाई अक्षुण्ण राख्न सहयोग पुग्ने सुनाए ।
राष्ट्रपति यादवले बिहीबार बिहान मधेसी जनअधिकार फोरम लोकतान्त्रि अध्यक्ष विजय गच्छदार, दिउँसो तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र साँझ नै एमाले नेता माधवकुमार नेपालसँग पनि संविधान निर्माणका विषयमा परामर्श गरेका थिए।
राष्ट्रपतिले दलीय स्वार्थ भन्दा माथि उठेर विवादित विषयमा सहमति कायम गर्न दोहोर्याउँदै दलीय प्रतिवद्धता अनुसार माघ ८ भित्रै संविधान जारी गर्न उनीहरुलाई सम्झाएका छन् । राष्ट्रपतिले केही दिन देखि प्रमुख दलका शीर्ष नेतासँग परार्मस जारी राखेका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण