क्याम्ब्रीज, बेलायत, १७ चैत – झण्डै दुई हप्ता अगाडि देह त्याग गर्नु भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ ।
बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उहाँले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गर्नु भएको थियो ।
निजी रुपमा गरिएको उहाँको अन्त्येष्टि समारोहमा उहाँका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै पाँच सय जना सहभागी भएका थिए । उहाँका छोराछोरीहरु लक्की, रोबर्ट र टिमले निकालेको वक्तव्यमा उहाँप्रति श्रद्धान्जलि व्यक्त गर्नु भएका सबैलाई कृतज्ञता प्रकट गरिएको छ ।
यही मार्च १४ का दिन उहाँको निधन भएपनि झण्डै दुई हप्तापछि उहाँको शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । १९४२ जनवरी ८ मा जन्मनु भएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।
१९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित भएपछि उहाँलाई चिकित्सकहरुले दुई वर्ष मात्रै बाँच्ने बताएका थिए । शारीरिक अवस्था एकदम कमजोर भए पनि उहाँको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको भन्दै उहाँलाई विश्वभरी नै उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी