लन्डन । अचेल मानिसको दैनिकी निकै व्यस्त छ । मेसिनजस्तो चलायमान जीन्दगीमा कोही सफल छन् कोही असफल । असफलता भोग्नेहरु कति त आफ्नै जिन्दगीबाट विरक्तिएका पनि देखिन्छ । हतास र निरास छन् उनीहरु । ‘तर, मानिसमा असिमित सम्भावनाहरु पनि उत्तिकै छ । केवल त्यसलाई कसरी विकास गर्ने भन्नेमात्र मुख्य कुरा हो’, लाइफ कोच सविना कार्की भन्छिन् ।
अप्रिल १ तारिख बेलायतको अल्डरसटमा लाइफ कोचिङ सेमिनार गर्न नर्वेबाट आउन लागेकी छन् सविना । उनले जीन्दगी के हो ? जीन्दगी जिउने कि केवल बांच्ने ? नेतृत्व विकास कसरी गर्ने ? डिप्रेसनबाट कसरी मुक्ति पाउने ? जीन्दगी प्रभावकारी रुपमा कसरी बिताउने ? जस्ता जीवनसंग सम्बन्धित अनेक विषयको जवाफ दिनेछिन् उक्त सेमिनारमा ।
इभेन्ट एण्ड आइडियाजले एम्पायर हलमा सेमिनार गर्न लागेको हो । आफूमा ‘पोजेटिभ इनर्जी’ ल्याउने कार्यक्रम भन्दै आयोजक इभेन्ट एण्ड आइडियाजकी संस्थापक शान्ति गुरुङले सहभागिताका लागि सबैमा अनुरोध गरेकी छन् ।
‘प्रत्येक मानिसमा सकारात्मक र नकारात्मक प्रवृत्ति (एटिच्युड) हुन्छ । त्यो धारणा परिवर्तन गर्ने आफैंले हो’, सविना भन्छिन्, ‘प्रत्येक मानिससंग असिमित सम्भावना छन् । आफूभित्र नेतृत्व विकास कसरी गर्ने र जीवनलाई कता कसरी लैजाने भन्ने कुरा आफैंमा निर्भर हुन्छ ।’
युरोपेली मुलुक र नेपालमा समेत हालै लाइफ कोचिङ सेमिनार गरेर फर्किएकी उनले बेलायतमा दुई घण्टा यसबारेमा प्रेरणादायी मन्तव्य दिने कार्यक्रम छ ।
सविना नर्वेको इड्सभोलमा बस्छिन् । करिब दुई दशकयता नर्वेमा स्थायी बसोवास गरिरहेकी सविना बेलायतको एस्टन युनिभर्सिटीबाट एमएस्सी इन्टरनेशनल विजनेश एण्ड कर्पोरेट लेजिटिमेसी उत्तिर्ण गरेपछि यस क्षेत्रमा सक्रिय रुपमा संलग्न भएकी हुन् ।
नर्वेस्थित एभिएटर ओएसएल एएस नामक एयरलायन्स कम्पनीमा कस्टमर कन्सल्टेन्ट र नर्वेजियन रेडक्रसमा आप्रवासीका लागि कन्सल्टेन्ट भएर काम गरिसकेकी उनले आफू अध्ययनरत हुंदा एस्टन युनिभर्सिटीमा इन्टरनेशनल एक्सचेन्ज स्टुडेन्ट्स मेन्टरको भूमिका पनि निर्वाह गरिन् ।
यही क्षेत्रमा अनुभव संगालेपछि अब सविनाले भविष्यमा कोचिङ सेन्टर खोल्ने र नेपालका विभिन्न जिल्लामा गएर कम्तीमा दुई वर्ष जति स्कुलमा काम गर्ने अठोट लिएकी छन् ।
‘कामको सिलसिलामा नेपालमा यस्तो काम गर्ने मानिसको कमी देखें, मोटिभेसनल स्पीकर वा लाइफ कोच कम भएकाले पनि म नेपालमा गएर काम गर्न इच्छुक छु’, उनले भनिन् ।
उनी फेब्रुअरी यता पोखराको अन्नपूर्ण एफएममा प्रत्येक शुक्रबार द पाथ (बाटो) नामक कार्यक्रम पनि चलाउंछिन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय