काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ । पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “युरोपेली संघ ‘इलेक्सन अब्जरभेसन मिसन’ को व्यानरमा सार्वभौम नेपाली जनताले जारी गरेको संविधान विरुद्धमा नेपाल सरकारलाई सुझाव दिन तथा हस्तक्षेप गर्न सक्दैन ।”
एमालेले युरोपेली संघको निर्वाचन परिवेक्षण सुझाव नेपालको संविधान विरुद्ध एवं झूठा भएको उल्लेख गर्दै संघको अभिव्यक्ति प्रचलित अन्तर्राष्ट्रिय कानूनअनुसार अस्वीकार्य मात्र नभई निन्दनीय भएको पार्टीका विदेश मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ता विषयमा सरकारले लिएको दरिलो अडानलाई सहयोग गर्ने उल्लेख गर्दै पार्टीले आगामी दिनमा हुन सक्ने यस्ता विषयलाई गम्भीरतापूर्वक लिन सरकारसमक्ष आग्रहसमेत गरेको छ ।
एमालेले संघको उक्त भनाइले अन्तर्राष्ट्रिय नियम एवं सिद्धान्तको खुलमखुला उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनले संरक्षण गरेको नेपालको राजनीतिक स्वतन्त्रताविरुद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “सबै जाति, धर्म, लिंग एवं अल्पसंख्यक समुदायको प्रतिनिधित्व भएको जननिर्वाचित सार्वभौम संविधानसभाका ९० प्रतिशत संविधानसभा सदस्यले जारी गरेको ‘नेपालको संविधानका विषयमा पुनरावलोकन गर्नुपर्छ’ भन्नु अन्तर्राष्ट्रिय सिद्धान्त र संयुक्त राष्ट्रसंघको घोषणापत्रविरुद्ध छ ।”
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?