लण्डन । ब्रिटिश प्रोफेसनल बक्सरहरु एनआरएनए यूकेको च्यारिटीमा सहभागी हुन उत्साहित भएका छन् ।
एनआरएनए यूकेले परोपकारी कोषका लागि ३१ मार्च शनिबार साँझ अल्डरसटको एम्पाएर हलमा ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’ गर्दैछ ।
गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरको पहलमा ब्रिटिश प्रोफेसनल बक्सरहरु जोन राइडर, अलान साउथवीक, एबिए च्याम्पियन कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक भिआइपी गेस्टका रुपमा आउन लागेका हुन् । यूरोपियन च्याम्पियन नेपाली आदिप राना पनि च्यारिटीमा आउने तय भएको छ ।
संयोजक गाहामगरसँग शनिबार भएको भेटमा ‘वल्ड फोर्थ टप बक्सर’ जोन राइडर र १९९६ – १९९७ एबिए बक्सिङ सेमिफाइनलिस्ट तथा फाइनलिस्ट अलानले आफूहरु नेपाली समुदायबाट निकै प्रभावित भएको बताउंदै समस्त नेपाली समुदायलाई च्यारिटीमा आएर साथ दिन अपिल गरे । राइडर जेमी कोक्ससँग मे ५ मा लण्डन ओटुमा भिडदै छन् ।
अलान लण्डनमा केही क्लबका संचालक छन् । एबिए च्यामपियन्स कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक गाहामगरका विद्यार्थी हुन् ।
च्यारिटीमा १० वटा फाइट हुनेछ । संयोजक गाहामगरले तयारी तीब्र भएको बताउदै ‘डोनेशन’ गरिदिन सबैमा अनुरोध गरेका छन् । कार्यक्रम ऐतिहासिक बनाउन गाहामगर दिन रात जुटेका छन् ।
डोनेशन गर्न
NRNA UK, Lloyds Bank
Sort code – 309988
Account No – 50757760
Ref – Boxing
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण