लन्डन । लन्डनवासी नायक ध्रुव दत्त अभिनित नेपाली चलचित्र ‘उल्झन’ को रेड कार्पेट प्रिमियर शो गत सप्ताहन्त एम्पायर हल अल्डरसटमा गरियो । उक्त फिल्म अब बेलायतका विभिन्न शहरमा प्रदर्शन गर्ने तयारी छ । चलचित्रको नेपाल प्रदर्शन मिति भने छिट्टै तय गरिने निर्माण समूहले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा प्रिमियर शो भएको हो । हिउंका कारण दर्शक उपस्थिति निरासाजनक भएपनि एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु शेरबहादुर सुनार, पुनम गुरुङ, सुशीला राई, एनआरएन यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुक्षेत्र गुरुङ, सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ ‘साईंला’, कुमार गुरुङ, सनमकुमार बैराग, सपनकुमार राई, थम बहादुर रसाइली, शान्ति गुरुङ लगायत केही अतिथीहरु शोमा सहभागी थिए ।
रुमानी सपना बोकेर विदेशिएको युवा, उसको भोगाई र त्यसले घर अनि समाजमा पारेको असरलाई चलचित्रमा देखाइएको नायक दत्तले जनाए । दर्शकहरुले चलचित्र मन पराएको दावी निर्देशक राजु अधिकारीको छ ।
उक्त चलचित्र २५ मार्चमा साउथ हयारो, ३१ मार्चमा स्वीन्डन र त्यसपछि बेलायतको स्कटल्याण्डसहित अन्य शहरमा पनि प्रदर्शन हुने जनाइएको छ । चलचित्रमा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायत कलाकारको अभिनय छ ।
तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको उल्झनको निर्माताहरुमा नवीन अधिकारी, हरी कार्की र कार्यकारी निर्मातामा नारायण
ढुंगाना छन् । लन्डन बस्ने नारायण ढुंगाना एक समयका सक्रिय सञ्चारकर्मी पनि हुन् ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती