लण्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेको तेस्रो अधिवेसनले जंग सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
महासंघको आइतबार सम्पन्न अधिवेसनले सुनुवारलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेसनले उपाध्यक्षमा कर्ण दुरा र लीला सेलिङलाई चयन गरेको छ भने महासचिवमा खुशी लिम्बु र कोषाध्यक्षमा बिसन गुरुङलाई सर्वसम्मतरुपमा चयन गरेको छ । बाँकी पदाधिकारी तथा सदस्यहरु पछि चयन गरिने बताइएको छ ।
यसअघि सो अधिवेसनको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ युकेका संस्थापक महासचिव सुरेश आलेमगर र नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबोहाङले गरेका थिए ।
सो अवसरमा बोल्दै राजदूत सुवेदीले नेपालको चेतनाको आन्दोलन, नागरिक आन्दोलन, मानवअधिकार आन्दोलन, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताए । सोही आन्दोलनको परिणामबाट किसानको छोरो आफू बेलायतजस्तो मुलुकमा राजदूत बनेर आउन पाएको उनले थपे । ‘राणा र शाहहरुको लहरमा आफ्नै तस्वीर देख्दा झस्किन्छु’ उनले भने ।
नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव आलेमगरले आदिवासी जनजातिको आन्दोलन नसकिएको बताए । पहिचानसहितको संघीयताको माग हरेक दृष्टिकोणबाट जायज भएको तर्क दिँदै उनले बाँचुञ्जेल आदिवासी जनजातिको लागि लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।
अर्का पूर्व महासचिव बालकृष्ण माबोहाङले आदिवासी जनजातिलाई आफ्नो अधिकारका लागि लड्न प्रजातन्त्र अपरिहार्य भएको उल्लेख गर्दै अधिकार प्राप्तिका लागि हिँसा होइन, चेतनाको खाँचो रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, पहिचानका लागि संघीय गठबन्धनका पदम गाहा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके अध्यक्ष प्रमिला लाबुङ राई, संघीय समाज युकेका अध्यक्ष कमल गुरुङ, तमुधिँ युकेका अध्यक्ष ज्ञाम गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, किरात याक्थुङ चुम्लुङ युकेका महासचिव गणेश इजम, किरात राई यायोख्खा युकेका अध्यक्ष पदम राई, याख्खा छुम्मा युकेका अध्यक्ष धन रोगु, शेर्पा किदुग युकेका अध्यक्ष साना शेर्पा, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेला, नेकपा माओवादी केन्द्र युके इञ्चार्ज पूर्ण लोक्सम, गेसो सभापति कृष्णकुमार राई, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, प्राध्यापक सुमाया राई, नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा, खस समाजका टेकबहादुर थापा राजेश, गायिका झुमा लिम्बु लगायतले शुभकामना दिएका थिए ।
महासंघका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य लोकेन्द्र तबेबुङ र सञ्चालन महासचिव कर्मा पहाडी शेर्पाले गरेका थिए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी