लन्डन । बेलायतको केन्टस्थित क्यान्टबरी निवासी पूर्व गोर्खा हरि बुढा मगर सगरमाथा चढ्ने आफ्नो धोको पुरा हुन लागेकामा दंग छन् । अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरको सगरमाथा चढ्ने सपना नेपाल सरकारको नियमका कारण पुरा हुन पाएको थिएन । तर, सर्वोच्च अदालतले हालै त्यो रोक फुकुवा गरिदिएपछि बडो उत्साहित छन् बुढामगर ।
‘वास्तवमा यो सारहै खुशीको कुरा हो’, तीन सन्तानका बाबु बुढामगरले भने, ‘सरकारले रोक लगाउंदा विश्वमा नेपालको प्रतिष्ठा धुमिल भएको थियो । म अदालतको सम्मान गर्छु ।’
यही महिना मार्च अन्तिममा सर्वोच्च शिखर चढ्ने उनको योजना डिसेम्बर अन्तिममा सरकारको भेदभावपूर्ण नियमले रद्द गर्नुपरेको थियो ।
सर्वोच्चले सगरमाथासहित ६ हजार ५ सय मिटर माथि उचाईं भएका हिमाल आरोहणमा बाटो खुल्ला गरिदिएको हो । सरकारले पर्वतारोहण नियमावलीमा शारिरीक रुपमा फरक क्षमता भएका (अपांग, दृष्टिबिहीन) लाई आरोहणबाट वञ्चित गरेको थियो ।
अब अर्को वर्ष आरोहणको योजना बनाएका छन् उनले । प्रायोजित सामाग्रीबाहेक करिब तीन लाख ५० हजार अमेरिकी डलर कुल बजेट भएकाले त्यो जुटाउन र अन्य तयारीका लागि अब खटिने छन् उनी । यूएस मरिन करप्स अफिसर र मिङमा शेर्पाले उनलाई गाइड गर्नेछन् । उनलाई गोर्खा सैनिक (क्लाइम्बिङ लिडर) हरु कृष्ण थापा र निर्मल पुर्जाले पनि ठुलो सहयोग गरेका छन्।
‘म बच्चा देखि नै सगरमाथा चढ्न चाहन्थें । किनभने मेरो घर (रोल्पा) बाट सिस्ने, धौलागिरी हिमाल देखिन्थ्यो र यसका रोचक कथा मैले धेरै सुन्थें’, उनले सुनाए, ‘मेरो सर्वोच्च शिखर आरोहण योजना विश्वका १५ प्रतिशत अपांग (झण्डै एक अर्ब) को प्रेरणाका लागि पनि हो । मलाई विश्वास छ यसले नेपालको पर्यटन प्रवर्धनमा पनि सघाउनेछ ।’
कुनै समय बेलायती राजकुमार हयारीसंगै अफगानिस्तान युद्धमा लडेका ३८ वर्षीय बुढामगर फस्ट गोर्खा राइफल्समा थिए । तर, दुर्भाग्यवश सन् २०१० अप्रिलमा अफगानिस्तान लडाईंका क्रममा विद्युतीय धरापमा उनको घुंडामाथि दुवै खुट्टा गुमे । ‘शुरुमा त म मरें भन्ने लागेको थियो’, उनले त्यो कहालीलाग्दो घट्ना स्मरण गरे, ‘धन्न मेरा सहयोद्धा सैनिक र हेलिकप्टर क्रुले मेरो जीवन बचाए ।’
करिब तीन साता अस्पतालमा उपचार गरेर फर्किएका उनी अहिले कृत्रिम खुट्टाले हिंडडुल गर्छन् । तर, अपांग भएपनि उनी निरास कहिल्यै भएनन् ।
स्कटल्याण्डको बेन नेभिस र फ्रान्सको मोन्ट ब्लंक शिखर चढिसकेका उनी नेपालको मेरा पिक नामक ६ हजार ४७६ मिटर अग्लो हिमाल चढ्ने विश्वकै पहिलो अपांग हुन् । स्की, कायाकिङ, रक क्लाइम्बिङ उनका अरु सोख हुन् । अष्ट्रिया जर्मनी, फ्रान्स क्यानाडा, नेपाल आदि देशमा स्की गरिसकेका छन् उनले ।
खेलले आफूमा झन् आत्माविश्वास बढाएको उनी बताउंछन् । इकान्तिपुर
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न